प्रोफाइल

उज्यालोकी सहयात्री डा सविता

विभिन्न कारणले दृष्टि गुमाएर अँध्यारोमा जीवन बिताइरहेको मान्छे एकाएक आँखा देख्ने भयो भने ? कल्पना गर्नुहोस्– उसको आँखामा फर्केको ज्योतिले अनुहारमा ल्याउने चमक।  त्यो खुशीले मुहारमा ल्याउने चमकको धेरैपटक साक्षी बसिसकेकी छिन् डा सविता पालिखे। ‘...

मातृशिशु स्वास्थ्यका अध्येता

बालरोग विशेषज्ञ डा धर्मशरण मानन्धर मातृशिशु स्वास्थ्यका अनुसन्धानकर्ताका रुपमा चिनिन्छन् । ‘मदर एन्ड इन्फ्यान्ट रिसर्च एक्टिभिटिज’ (मिरा) नामक गैरसरकारी संस्थाका अध्यक्ष तथा कार्यकारी निर्देशक डा मानन्धरले पछिल्ला साढे दुई दशक अनुसन्धानमै बिताएका छन् । त्यसअघि उनले ...

मुटुरोगमा महिला विशेषज्ञ

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले एकदिन कुराकानीका क्रममा भनेका थिए– एकजना महिला डाक्टरले कार्डियोलोजीमा डिएम गर्नुभएको छ । मेरो अनुमानमा मुटुरोगमा डिएम (पिएचडी सरह) गर्ने उहाँ पहिलो नेपाली महिला हुनुपर्छ ।’ मैले ‘हो र?’ भन्दै...

अघिल्लो पुस्ताका एक डाक्टर,  जसले २०२१ सालमा किताब पढ्दै सर्जरी गरे

चिकित्सामा डिएम (पिएचडी सरह) सम्म अहिले नेपालमै पढाइ हुन्छ । त्यो पनि धेरै विषय र धेरै मेडिकल कलेजमा । पूर्व राष्ट्रपति डा रामवरण यादव स्वास्थ्य मन्त्री हुँदा नेपालमै विशेषज्ञताको अध्यापन सुरु भएको हो । त्यसका लागि महत्वपूर्ण जिम्मेवारी पाएका थिए, डा डिबी कार्कीले । वीर ...

बाथरोगका विनित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांक अनुसार कुल जनसंख्याको १० प्रतिशतमा बाथरोग हुनेगर्छ । यसलाई आधार मान्दा नेपालमा ३० लाखलाई बाथको समस्या छ । नेपाल बाथरोग सेन्टरले काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ मा गरेको सर्भेक्षणले साढे ८ प्रतिशतमा बाथरोग देखाएको थियो । ...

हिप्पीको बिगबिगीमा दुर्व्यसनी विरुद्ध उभिएका डाक्टर

मानसिक समस्यालाई नेपाली समाजले हेर्ने दृष्टिकोण अहिले पनि रुढीबादी सोचमै आधारित छ भन्दा अतियुक्ति नहोला । तर डा देशराजबहादुर कुँवरले त्यो समय मनोरोगमा विशेषज्ञता हासिल गरे, जुन समय डाक्टरहरुले समेत यसलाई ‘बौलाहा विद्या’को संज्ञा दिन्थे । उनीअघि डा बिब...

एएफसीबाट गोल्ड मेडलिस्ट डाक्टर 

अजय राणा एसियाली फुटबल महासंघ (एएफसी) बाट गोल्ड मेडल प्राप्त डाक्टर हुन् । विश्व फुटबल महासंघ (फिफा) ले सन् २०१५ मा एसियाका पाँच उत्कृष्ट डाक्टरलाई मात्र गोल्ड मेडल प्रदान गरेको थियो, जसमा उनी पनि समावेश थिए ।  एसियाको फुटबल विकासमा महत्वपूर्ण योगदान पु¥य...

नयाँ उपचार पद्दतिका पक्षधर 

डा शैल रुपाखेती जिम्मेवारीका हिसाबले स्टार हस्पिटलका निर्देशक हुन् । तर, व्यवस्थापकीय पद भन्दा पनि आफ्नो विशेषज्ञताबाट आफूलाई चिनाउन चाहन्छन् । पदप्रतिष्ठा भन्दा आफूमा रहेको दक्षतालाई महत्व दिने उनी जीआई सर्जन हुन् । चिकित्सा जगत्मा उनी नयाँ प्रविधिमा आफूलाई अप टू डेट राख्ने...

जो पहिलोपल्ट बिरामी, दोस्रोपल्ट विशेषज्ञ भएर पुगे वीर अस्पताल

२० वर्षअघि अशेष ढुंगाना १४ वर्षका थिए । त्यो बेला पहिलोपल्ट उनी वीर अस्पताल पुगेका थिए, बिरामी भएर । गत वर्ष मात्र दोस्रोपल्ट वीर अस्पतालको आँगन टेके, विशेषज्ञ डाक्टर बनेर। यो संयोग र सपना दुईटै थियो उनका लागि । संयोग यसकारण थियो कि, बिरामी भएर अस्पतालबाट डिस्चार्...

राजा वीरेन्द्रका डाक्टर

डा खगेन्द्रबहादुर श्रेष्ठ उमेरले ८२ पूरा भइसके । अझै उनी सर्वसाधारणलाई चिकित्सकीय सेवा दिइरहेका छन् । तर, उनको पहिचान भने शाही चिकित्सकका रुपमा बनेको छ । उनी निकट सबैले उनलाई राजाकै डाक्टरमा रुपमा चिन्छन्। उनी दिवंगत राजा वीरेन्द्र वीरविक्रम शाहका डाक्टर हुन्। वीरेन्द्र...

कुष्ठरोग विरुद्ध प्रतिबद्ध डा महेश

हाम्रो समाजले कुष्ठरोग र रोगीका बारेमा अझै सहज महसुस गर्न सकेको छैन । यसैले कुष्ठरोग शारीरिक मात्र होइन, सामाजिक समस्या पनि हो । डाक्टर पनि यही समाजका अंश भएकाले अन्य रोग सरह यो रोगकै उपचारमा दत्तचित्त भएर लागेका डाक्टर निकै कम भेटिन्छन्।  तिनै विरलाकोटीका ...

नेपालमा मुटु सर्जरीको जग हाल्ने डाक्टर

कुनै समय सामान्य क्लिनिकका रुपमा सुरु भएको अहिलेको हिमाल अस्पतालका संस्थापक हुन् डा. लोकविक्रम थापा। तर, नेपालको चिकित्सा इतिहास नियाल्ने हो भने उनी निजी क्षेत्रको विकासमा मात्र अग्रसर देखिँदैनन्, केही उदाहरणीय कार्यमा जोडिएका भेटिन्छन्। बेलायतबाट एफआरसीएस गरेका यी...

बिरामीलाई आफन्त ठान्ने सर्जन

‘कसरी चिर्न सकेको हो ! मन सिरिङ्ग हुँदैन ?’ सर्जनले सामान्यतया आफन्त तथा साथीभाइबाट यस्तै प्रश्नको सामना गर्नुपर्छ ।  सर्जरी अर्थात् मानव अंगको चिरफार गर्ने काम । बिरामीको ज्यान चिरफार गर्ने सर्जन भन्ने बित्तिकै धेरैलाई ‘निर्दयी’ लाग्न सक्...

डा. हरिगोविन्द श्रेष्ठको जीवन यात्राः ओभरसियर बन्न हिँडेका उनी यसरी बने डाक्टर

डा. हरिगोविन्द श्रेष्ठलाई नेपालका प्याथोलोजिस्टहरु ‘फादर अफ प्याथोलोजी’ भन्छन् । उनी नेपालको पहिलो प्याथोलोजिस्ट भएकैले मात्र यो उपमा दिइएको होइन । नेपालमा प्याथोलोजी विशेषज्ञतालाई फुलाउने, फैलाउने काम पनि उनैले सुरु गरेका हुन् । उमेरले ७३ वर्षको उकालो हि...

न्युरो सर्जरीकी महिला डाक्टरको अनुभूती

नेपालमा डाक्टरको स‌ंख्या २० हजारको हाराहारीमा पुगिसक्यो । यसमा महिला डाक्टरको संख्या करिब सात हजार छ । तर, सर्जन महिलाको संख्या दुईपल्ट औँला भाँच्दै गन्ने हो भने पूरा हुन्छ । अर्थात् २० जना जति । त्यसमाथि सर्जरीमा स्पेसियालिटी रोज्नेको संख्या अझै न्यून छ । यसका पछाड...

एसएसलसी तेस्रो श्रेणीमा उत्तिर्ण अर्जुन कार्की कसरी बने टप डाक्टर ?

करिब चार दशकअघि परिवारले राजधानी पढ्न पठाउँदा पनि बरालिएर हिँड्न थालेपछि गाउँ फर्काएर घाँस–दाउरा, मेलापात र गोठालो जीवनमा हराइरहेको युवा नेपालकै नामी डाक्टर बन्ला भन्ने कसैले सोचेको थिएन । न त स्वयं त्यो युवाले नै यसबारे दुरदृष्टि राखेको थियो । तर, जीवनमा...

युरोलोजी सेवा सुरु गर्ने डा. मास्केको यस्तो छ डाक्टरी यात्रा

नेपाल युरोलोजिकल सर्जन्स सोसाइटीले केही दिनअघि मात्रै नेपालमा युरो सर्जरीको सुरुवात गरेको भन्दै दुईजना वरिष्ठ चिकित्सकलाई सम्मानित गर्‍यो। तिनैमध्येका एक हुन् डा. सिपी मास्के। नेपालमा युरोलोजी सर्जरी, पिसाब सम्बन्धी उपचार सेवा सुरु गर्ने र फैलाउने मध्येमा पर्छन् उनी।...

जसले २० हजारभन्दा बढीको शल्यक्रिया गरिसके

डाक्टर सुवोध अधिकारी राजधानी सहरको एउटा व्यस्त र सिद्धहस्त सर्जनको नाम हो । उनले झन्डै तीन दशक बिताइसके सर्जरीमा, त्यो पनि वीर अस्पतालजस्तो सधैँ बिरामीको भीडभाड रहने ठाउँमा । कति जनाको ज्यानमाथि चल्यो होला यी सर्जनको ‘स्कालपेल’ ? स्कालपेल अर्थात् सर्जनले प्रयो...

कलेजो प्रत्यारोपणका लागि प्रतिबद्ध डाक्टर

नेपालमा कलेजो प्रत्यारोपण सेवाको सुरुवात भयो । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले यसको सुरुवात गरे पनि निरन्तरता भने दिन सकेको छैन । कलेजो प्रत्यारोपणका लागि दाता पाउने सम्भावना अधिक हुन्छ । जिवित व्यक्तिको कलेजको केही भाग काटेर कलेजो खराब भएको मान्छेमा प्रत्यारो...

महिलाको रोगका पहिला पुरुष डाक्टर, जो बाध्य भएर भासिए विदेश

डा. विवेक प्रधानले सक्रिय चिकित्सकीय जीवन बेलायतमै बिताए । नेपालमा सेवा दिन नचाहेर होइन, नपाएर उनी २०२५ सालमा बेलायत भासिएका थिए । उतै घरजम गरे । तर, डा. प्रधानको मनबाट नेपालप्रतिको स्नेह भने कहिल्यै घटेन । अवसर पायो कि नेपालका लागि केही गर्न जुटिहाल्थे । विशेष...