विश्व स्वास्थ्य

एमबिबिएसकी विद्यार्थी मानुषीले जितिन् मिस वर्ल्ड

स्वास्थ्य खबरपत्रिका

काठमाडौं–  चिकित्साशास्त्रमा अध्ययनरत २० वर्षीय भारतीय सुन्दरी मानुषी चिलरले ‘मिस वल्र्ड–२०१७’ को उपाधि जितेकी छिन्।

चिकित्सक परिवारमा १९९७ मा जन्मिएकी मानुषीले यस वर्षको मिस इन्डिया उपाधि जितेकी थिइन्।  उनी  ‘मिस वल्र्ड’ जित्ने छैटौं भारतीय हुन् ।उनी एमबिबिएस तेस्रो वर्षमा  छिन् । 

उनी भगतफुलसिंह मेडिकल कलेज फर वुमन सोनेपथमा अध्ययनरत छिन् । सेन्टथोमस स्कुल नयाँदिल्लीबाट स्कुलस्तर शिक्षा हासिल गरेकी हुन् । बुवाआमा डाक्टर भएकाले उनले सोही पेशा रोजेकी हुन् । 

अन्तिम स्पर्धामा उनलाई कुन पेशालाई धेरै तलब दिनुपर्छ भनेर प्रश्न गरिएको थियो । उनले त्यसको उत्तरमा उनले भनिन्, ‘आमा सबैभन्दा ठूलो सम्मानको हकदार छिन् । यो पैसाको कुरा होइन । उनी सबैभन्दा बढी माया र सम्मानको हकदार छिन् ।’

विश्वका १ सय १८ राष्ट्रले भाग लिएको ‘मिस वल्र्ड–२०१७’ स्पर्धामा उनले अन्तिम ५ मा प्रवेश गरेका इंग्ल्यान्ड, मेक्सिको, फ्रान्स र केन्याकी सुन्दरीलाई पछि पार्दै उपाधि जितिन्। उनी हरियाणाकी बासिन्दा हुन्। भारतले १७ वर्षपछि मिस वल्र्डको उपाधि जितेको हो। अन्तिम पल्ट प्रियंका चोपडाले जितेकी थिइन्। 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live