मुख्य समाचार

बहस सकिएपछि गोविन्द केसीले भने, ‘दया देखाएर मुद्दा खारेज गर्नुपर्दैन’

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– डा गोविन्द केसीविरुद्धको अदालतको अवहेलना मुद्दाको थुनछेक बहस सकिएको छ। अदालतले आजै साँझ आदेश दिने तयारी गरेको छ। 

बहस सकिएपछि डा केसीले आफूलाई सजाय हुन्छ भन्ने डर नभएको बताएका छन्। ‘मलाईलाई दया देखाएर मुद्दा खारेज गर्नुपर्दैन, न्याय गर्नुस्,’ उनले भने,‘सजाय हुन्छ भनेर मलाई डर छैन, न्यायको लागि मेरो लडाइँ जारी हुन्छ। प्रधानन्यायधीशले राजीनामा नदिएसम्म मेरो संघर्ष जारी रहन्छ।’ 

प्रधानन्यायधीलाई उपस्थित गराउन माग 
प्रधानन्यायधीश गोपालप्रसाद पराजुलीमाथि लागेको आरोपमा बारेमा बुझ्न उनलाई इजलाशमा उपस्थित गराउनुपर्ने माग डा केसीका पक्षका अधिवक्ताहरुले गरेका छन्। 

उनको पक्षमा कृष्णप्रसाद भण्डारी, ओमप्रकाश अर्याल, कपिलदेव ढकाल लगायतले बहस गरेका थिए।

त्यस्तै मुद्दा दायरकर्ताको पक्षबाट रमन श्रेष्ठ, कुमार रेग्मी लगायतले बहस गरेका थिए। 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live