विश्व स्वास्थ्य

यसरी सुरु भएको थियो हकिङको स्वास्थ्य बिग्रन

None

काठमाडौं-

एजेन्सी– बुधबार निधन भएका प्रख्यात भौतिकशास्त्री स्टीफन हकिङ स्नायुसम्बन्धी रोग एम्योट्रोपिक ल्याटरल स्क्लेरोसिस (एएलएस) बाट पीडित थिए । यसलाई मोटर न्यूरोन डिजिज पनि भनिन्छ। उनमा यो रोगको सुरुवात अक्सफोर्डमा पढ्दादेखि नै भएको थियो।

अक्सफोर्डमा अन्तिम वर्षको पढाई चलिरहेका बेला उनले शरीरमा भद्दापन महसुस गर्न थालेका थिए र उनलाई सुरुमा भ¥याङ ओर्लन समस्या भएको थियो । समस्या बिस्तारै बढ्दै गयो र बोलीसमेत अस्पष्ट हुँदैं गयो । उनी क्रिसमसमा घर आएका बेला परिवारले उनमा विकास हुँदैं गएको समस्या थाहा पाए र जचाउँन लगे । सन् १९६३ मा उनी २१ वर्षको हुँदा उनलाई मोटर न्यूरोन डिजिज लागेको छ भन्ने पहिचान भयो । त्यतिखेर उनलाई डाक्टरले जम्मा २ वर्ष बाँच्ने बताएका थिए।

१९६० को दशकको अन्त्यसम्ममा उनी शारीरिक रुपमा अशक्त भैसकेका थिए । त्यसपछि उनी लौरोको सहायताले पढाउन जान थाले । विस्तारै लेख्ने क्षमता पनि गुमाएपछि उनले अध्ययन अध्यापनमा दृश्य विधि प्रयोग गर्न थाले । जस्तै गणितको समीकरणलाई ज्यामितिय हिसाबले हेर्न थाले । उनको यो विधिलाई पछि भौतिकशास्त्री वेर्नर इजरायलले विख्यात संगितज्ञ मोजार्टसंग तुलना गरेका थिए । शारीरिक रुपमा अशक्त रहेका मोजार्टले पूरै सिम्फोनी आफ्नो दिमागमा कम्पोज गर्थे। 

शारीरिक रुपले अशक्त भएपनि उनी कसैको सहयोगविना सबै काम आफैं गर्न रुचाउथे। 

उनी वैज्ञानिक बन्न चाहन्थे । विज्ञान लेखक उनको दोस्रो प्राथमिकतामा थियो, जस्तो चाहना सामान्य अरु मानिस राख्छन् । १९६० को अन्त्यतिर उनले ह्वीलचेयर प्रयोग गर्न थाले । तर उनलाई ह्वीलचेयर प्रयोग गर्न मनाउन पनि ठूलै कसरत गर्नुपरेको थियो । तर पछि एकदम असभ्य तरिकाले ह्वीलचेयर चलाउनमा उनी त्यतिबेला चर्चामै आएका थिए। 

सन् १९७० को अन्त्यतिर आउँदासम्म उनको बोली बिग्रिसकेको थियो ।परिवार, आफन्त तथा केही निकटका साथीभाईले मात्र उनका कुरा बुझ्न सक्थे । अरुसंग बोल्नुपरेमा उनलाई बुझ्ने मानिसले अनुवाद गरिदिनुपथ्र्यो । उनी ह्वीलचेयरमा हिड्थे । त्यसैले उनले क्याम्ब्रिजलाई अपांगमैत्री बनाउन श्रीमतीसंग मिलेर अभियान नै सन्चालन गरे। 

१९८५ को मध्यतिर फ्रान्स र स्वीजरल्याण्डको सीमाना सेर्नमा भ्रमणमा गएका बेला उनलाई निमोनियाले समात्यो र स्वास्थ्य झन् बिग्रियो । चौबिसै घण्टा नर्सिङ केयरमा रहनुपर्ने भयो र त्यसपछि उनले बाँकी भएको आवाज पनि गुमाए । नेशनल हेल्थ सर्भिस (एनएचएस) ले उनलाई नर्सिङ होममा राखेको सबै पैसा तिर्न तयार भयो । तर उनकी पत्नी जेनले घरमै राख्ने बताइन् । उनको स्याहारका लागि तीन सिफ्टमा नर्स राख्ने व्यवस्था भयो त्यसको खर्च अमेरिकन फाउन्डेसनले बेहोर्ने भयो । तिनै नर्समध्ये एक थिइन् इलिन म्यासन, जसलाई हकिङले दोस्री श्रीमती बनाए।

आवाज पूर्ण रुपमा गुमाएपछि हकिङले कसैसंग कुरा गर्नुप¥यो भने आँखीभौं उचाल्थे । पछि १९८६ मा उनलाइ वर्ड प्लस नामक कम्पनीका प्रमुख वाल्टर वोल्टसोजले इक्विलाइजर नामक कम्प्युटर प्रोग्राम दिए । यसैलाई उनले जीवनपर्यन्त प्रयोग गरिरहे । सन् २००५ मा त उनी हात प्रयोग गर्नसमेत नसक्ने अवस्थामा पुगे । त्यसपछि उनले ह्वीलचेयरमा जडान गरिएको सन्चार उपकरणलाई चिउँडो र मांसपेशीले नियन्त्रण गर्न थाले । जसबाट उनले प्रतिमिनेट एक शब्दमात्र उत्पादन गर्न सक्ने भए । २००९ मा उनले ह्वीलचेयरसमेत चलाउन नसक्ने भएपछि चिउँडोले चलाउन सक्ने बनाइयो।

जीवनको अन्त्यतिर उनलाई श्वासप्रश्वासमा समस्या उत्पन्न भएको थियो भने पटक पटक भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आएको थियो । 
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने