मुख्य समाचार

आर्थिक अभावका कारण उपचारबाट वञ्चित दृष्टिविहीनलाई नबिल फाउन्डेशनले सहयोग गर्ने 


काठमाडौं-

काठमाडौं– दृष्टिविहीन भएर आर्थिक अभावले गर्दा उपचारबाट बञ्चित दृष्टिविहीनहरुको  उपचारका लागि नबिल फाउन्डेशन र तिलगंगा आँखा प्रतिष्ठानका बीच समझदारी भएको छ । समझदारीपत्रअनुसार तिलगंगा आँखा प्रतिष्ठानद्वारा सिफारिश गरिएका त्यस्ता व्यक्तिहरुमा आँखाको नानी प्रत्यारोपण गर्नका लागि नबिल फाउन्डेशनले आर्थिक सहयोग उपलब्ध गराउनेछ । यस कार्यक्रमलाई ‘नबिल फाउन्डेशनसँगको सहकार्यमा तिलगंगाद्वारा सबैका लागि दृष्टि’  भनिएको छ । 

तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा, काठमाडौंमा आयोजित एक समारोहका बीच नबिल फाउन्डेशनका तर्फबाट अध्यक्ष दयाराम गोपाल अग्रवालले र तिलगंगा आँखा प्रतिष्ठानका तर्फबाट डा. रीता गुरुङ्गले उक्त समझदारी पत्रमा हस्ताक्षर गरे। उक्त समारोहमा नबिल वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत, नबिल बैंक सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्याल, कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र दुबै संस्थाका अन्य पदाधिकारीहरु समेतको सहभागिता रहेको थियो । 

कार्यक्रममा नबिल फाउन्डेशनका अध्यक्ष दयाराम गोपाल अग्रवालले आँखा दान र प्रत्यारोपण जस्तो यस पवित्र अभियानमा फाउन्डेसनले केही सहयोग गर्न सकेकोमा सन्तुष्टी व्यक्त गरे। तिलगंगा आँखा प्रतिष्ठान जस्तो सम्मानित संस्थासँग सहकार्य गर्न पाउँदा गौरवको अनुभूति भएको समेत उनले बताए।

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले नबिलल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्नका लागि नै नबिल फाउण्डेशनको स्थापना भएको र सो संस्थाले तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गर्न सकेकोमा खुशी व्यक्त गरे। 

वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले मानिसहरुलाई दृष्टिविहीन हुनबाट जोगाउन तिलगंगा आँखा प्रतिष्ठानले अनवरत प्रयास गरिरहेको भन्दै सहयोगको प्रशंसा गरे । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



प्रतिकृया दिनुहोस