टिप्स/जानकारी

कोलेस्टेरोलको मात्रा  घटाएर मुटु स्वस्थ राख्ने उपाय 

None

दैनिक भोजनमा कुल क्यालोरीको ३० प्रतिशत शक्ति मात्र चिल्लो पदार्थबाट प्राप्त हुने किसिमले भोजनको योजना बनाउनुपर्छ ।

खाद्यपदार्थबाट पाइने कोलेस्टेरोल प्रतिदिन ३०० मि.ग्रा भन्दा कम हुनुपर्छ । एक अण्डाबाट करिब २ सय १३ मि.ग्रा कोलेस्टेरोल पा्रप्त हुन्छ । 

पूरै अन्न गेडागुडी, फलफुल, हरियो सागपात तथा अन्य तरकारीहरु अर्थात् फाइबरयुक्त खाद्यपदार्थहरु  भोजनमा प्रशस्त समावेश  गर्नुपर्छ । खाद्ययपदार्थमा रहेको फाइबर र पेक्टिनले शरीरमा कोलेस्टेरोल  शोषण  हुन  नदिइ शरीरबाट बाहिर फाल्न मद्दत गर्छ। 

बोसो निकालेको कुखुराको मासु, प्राउनबाहेक अनय प्रकारका माछाहरु भोजनमा समावेश गर्न सकिनछ । माछा अतृप्त फ्याटी  एसिडको मध्यम स्रोतको रुपमा लिइन्छ । त्यसमध्य पनि यसमा ओमेगा ३ फ्याटी एसिड बढी पाइन्छ । जसले रगतको गुणस्तर ठीक राख्नुको साथै रोग प्रतिरोधात्मक शक्ति पनि प्रदान गर्छ । 

फलफूल, सागपात बाहेक  मसलाको रुपमा प्रयोग गरिने  खाद्यपदार्थहरु जस्तै बेसार, लसुन, प्याज आदि पनि भोजनमा समावेश गर्नुपर्छ । 

विशुद्ध चिल्लो पदार्थ (घिउ, तेल )बाहेक अन्य खाद्ययपदार्थमा मिलेर रहेको चिल्लो  पदार्थ पनि हटाइ प्रयोग गर्दा बेस हुन्छ । जस्तै चिल्लो निकालेको दूध, बोसो निकालेको मासु आदि। 
खानामा चिनी र मदिराको प्रयोग कम गर्नुपर्छ । चिनी र अल्कोहलको बढ्दो प्रयोगले शरीरमा ट्राइग्लिसराइड नामक हानिकारक चिल्लो पदार्थको परिमाण बढाउन सक्छ । 

रगतमा कोलेस्टेरोल सन्तुलित राख्न दैनिक हल्का व्यायाम गर्नुपर्छ ।

सकेसम्म शरीरको तौल ठीक राख्नुपर्छ । बढी तौल हुँदा उच्च कोलेस्टेरोलको सम्भावना धेरै हुन्छ । 

१० उल्लेखित कुराबाहेक चिल्लो पदार्थको कम प्रयोग हुने पकाउने विधिको पनि छनोट गर्नुपर्छ । 
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने