साताको मुहार/ब्रेन एन्ड ब्युटी

डा. स्वेता बैद्य

स्वास्थ्य खबरपत्रिका

ब्रेन एन्ड ब्युटी

डा. स्वेता बैद्यले नेपाल मेडिकल कलेज,अत्तरखेलबाट एमबिबिएस पूरा गरेकीहुन् । उच्च माध्यामिक शिक्षा बुढानिलकण्ठ स्कुलबाट हासिल गरेकी उनी अहिले विशेषज्ञ डाक्टर बन्ने तयारीमाछिन् । डम्र्याटोलोजिस्ट बन्ने उनको लक्ष्य छ । यो विषय छान्नुको कारण भनिन्, ‘हरेक मान्छे राम्रो देखियोस् भन्ने मेरो चाहना छ । स्किन मेरो रुचीको विषय पनि हो ।’ नेपालको पहिलो प्याथोलोजिस्ट डा. दिनेशानन्द बैद्यकी नातिनी स्वेता हजुरबाबाटै प्रभावित भएर डाक्टर बनेको बताउँछिन् । अध्ययन बाहेक उनलाई पौडी, नृत्य र गायनमा रुची छ । भन्छिन्, ‘बास्केटबल, भलिबल र ब्याडमेन्टिन खेल्न पनि उत्तिकै मनपर्छ ।’

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live