नर्सिङ

स्व. सावित्री योगी नर्सिङ अवार्ड बाट रोजी खातुन सम्मानित

स्वास्थ्य खबरपत्रिका

पोखरा–  पोखरामा स्थापित स्व. सावित्री योगी नर्सिङ अवार्ड २०१७ बाट फेवासिटी हस्पिटलमा कार्यरत नर्स रोजी खातुन सम्मानित भएकी छिन् । खातुनलाई नगद रु ८ हजार प्रदान गरी सम्मान गरिएको छ। 

साथै सोहि अवसरमा पोखराका विभिन्न अस्पतालमा कार्यरत नर्सहरु र नर्सिङ क्षेत्रमा लामो समयदेखि सेवारत वरिष्ठ नर्सहरुलाई पनि सम्मान गरिएको छ। 

नर्सिङ क्षेत्रमा लामो समय योगदान गरेकी स्व योगीको स्मृतिमा उनका श्रीमान् पिरती हिराचन र छोराहरु गौरव र सौरव हिराचनले १ लाख २५ हजारको अक्षयकोष खडा गरी अवार्डको स्थापना गरेका हुन्। 

लायन्स क्लव अफ पोखरा डेस्टिनेशनको संरक्षणमा स्थापित उक्त अवार्डवाट हरेक वर्ष नर्सिङ क्षेत्रमा उल्लेख्नीय योगदान पु¥याउने एक नर्सलाई सम्मान गरिने क्लवका अध्यक्ष जीता बरालले जानकारी दिइन्। मुस्लिम समुदायकी नर्स खातुनले बिरामीको सेवामा आफूलाई समाहित गरेर पुर्याएको योगदानको कदर गरेर यस वर्षको अवार्ड उनलाई दिने निर्णय गरिएको अध्यक्ष बरालले बताइन् । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्षेत्र रोकाले अग्रजलाई सम्मान गर्दै उनिहरुका राम्रा कुराहरुलाई अनुसरण गर्न नर्सिंङ पढ्दै गरेका विद्यार्थीहरुलाई आग्रह गरे। 

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live