मुख्य समाचार

चिकित्सा शिक्षा विधेयकमा २४ बुँदे संसोधन माग (संसोधनका बुँदा सहित)

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- संसदमा छलफलका क्रममा रहेको चिकित्सा शिक्षा विधेयकमा स्वास्थ्यका सबै क्षेत्र नसमेटिएको भन्दै विभिन्न पेशागत संगठन तथा विद्यार्थी संगठनले संसोधन प्रस्ताव बुझाएका छन्।

विधेयकमा नर्स, जनस्वास्थ्य, फार्मेसी, मेडिकल ल्याबरोटरी टेक्नोलोजी, अप्टोमेट्री, रेडियोलोजी, डेन्टल हाइजिन, अयुर्वेद लगायतका विधाको विषय नसमेटिएको भन्दै यी विधासँग सम्बन्धित संगठनले संसोधनका बुँदा संसदमा बुझाएका हुन्। उनीहरुले यसका लागि ‘संयुक्त स्वास्थ्य सुधार संघर्ष समिति’ नै बनाएका छन्।

समितिले संसोधनको बुँदासहितको ध्यानाकर्षण पत्र संसदको सुशासन तथा अनुगमन समितिका सदस्य अमनलाल मोदी र विधायन समितिका सदस्य हिरा केसीलाई बुझाएका छन्। समितिले विधेयकमा २४ बुँदा संसोधन गर्नुपर्ने भन्दै सुझाब दिएका छन्।

यी हुन् संसोधनको माग गरिएका बुँदा