समाचार

चरिकोट अस्पतालमा दमका बिरामीलाई भरपर्दो उपचार

None

दोलखा- प्रस्तावित चरिकोट अस्पातलमा विशेष किसिमको 'क्वालिटी इम्प्रुभमेन्ट' प्रोजेक्टद्वारा दम रोगको उपचार थालेपछि मासिक २ सय ५० देखि ३ सय बिरामी उपचारका लागि आउन थालेका छन्।

६ महिनाअघि सुरु भएको क्वालिटी इम्प्रुभमेन्ट प्रोजेक्टका कारण बिरामीले उत्कृष्ट सेवा पाएका हुन्।  अस्पतलका मेडिकल डाइरेक्टर डा विनोद  दंगाल र एमडिजिपी डा तुलाकृष्ण गुप्ताको पहलमा यो प्रोजेक्ट अमेरिकाको एचइएएल फेलोसिप अन्तर्गत सुरु गरिएको हो।

डा दंगालका अनुसार अस्पतालमा दम रोगकको छुट्टै क्लिनिकल प्रोटोकल बनाइएको छ।  अस्पतालमा अन्य सेवाजस्तै यो सेवा पनि निःशुल्क उपलब्ध गराइएको छ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने