मुख्य समाचार

प्रदेश २ का ३७ प्रतिशत बालबालिका पुड्का (कुन प्रदेशमा कति?)

बच्चाको तौल र उचाइ कति हुनुपर्छ ?

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार प्रदेश नम्बर २ का ३७ प्रतिशत बालबालिका उमेर अनुसार पड्का छन्। यो राष्ट्रिय तथ्त्यांक भन्दा १ दशमलव २ प्रतिशत बढी हो।

स्वास्थ्य मन्त्रालयले हरेक पाँच वर्षको अन्तरालमा गर्ने जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ को प्रारम्भिक प्रतिवेदन अनुसार पुड्का बालबालिका सबैभन्दा बढी प्रदेश ६ मा भेटिएको छ। यो प्रदेशका ५४ दशमलव ५ प्रतिशत बालबालिका उमेर अनुसार पुड्का छन्।

सबै प्रदेशको तुलनामा पुड्कोपनको समस्यामा प्रदेश २ तेस्रो नम्बरमा पर्छ। प्रतिवेदन अनुसार सबैभन्दा कम पुड्का बालबालिका प्रदेश ४ मा छन्। प्रतिवेदन अनुसार यो प्रदेशमा २८ दशमलव ९ प्रतिशत बालबालिका उमेर अनुसार होचा छन्। यसैगरी, प्रदेश ५ मा ३८ दशमलव ५ प्रतिशत, प्रदेश ७ मा ३५ दशमलव ९ र प्रदेश नम्बर ३ मा २९ दशमलव ४ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या छ । 

सर्वेक्षण प्रतिवेदन अनुसार बालबालिकामा देखिएको पुड्कोपनको प्रमुख कारण कुपोषण नै हो । कुपोषणका कारण नेपालमा पुड्कोपन सहित १० प्रतिशत बालबालिकामा उचाइ अनुसार कम तौल (जसलाई शीघ्र कूपोषण भनिन्छ) र २७ प्रतिशत बालबालिकामा उमेर अनुसारको कम तौल देखिएको छ ।

बच्चाको तौल र उचाइ कति हुनुपर्छ ?

विश्व स्वास्थ्य संगठनका अनुसार बच्चा जन्मँदा साढे दुईदेखि ३ केजीसम्मको तौललाई सामान्य मानिन्छ । बच्चाको उमेर पाँचदेखि ६ महिनासम्म पुग्दा जन्मदाको तौलभन्दा दोब्बर र वर्षदिनमा तेब्बर हुनुपर्छ । त्यसपछि दोस्रो वर्षमा बच्चाको तौल साढे दुई केजी थप हुनुपर्छ ।

संगठनका अनुसार सामान्यतया बच्चा जन्मिँदा औषतमा ५० सेन्टिमिटर उचाइको हुन्छ । त्यसपछि पहिलो वर्षमा थप २५ सेन्टिमिटर उचाइ थपिनुपर्छ । यसैगरी, दोस्रो वर्षमा थप १२ दशमलव ५ सेन्टिमिटर उचाइ थपिनुपर्छ । यस हिसाबमा हेर्दा दुई वर्षको उमेरसम्ममा बच्चाको उचाइ औसतमा ८७ दशमलव ५ सेन्टिमिटर हुनुपर्छ । बच्चाको उचाइ दुई वर्षको उमेरमा जति हुन्छ, युवाअवस्थामा ठिक त्यसको दोब्बर हुनुपर्छ ।

कान्ति बाल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा. कृष्ण पौडेलका अनुसार बालबालिकालाई कूपोषण भएमा शारीरिक र मानसिक विकासमा गम्भीर असर पर्छ । आइरन, आयोडिन, भिटामिन ए, जिंकजस्ता सूक्ष्म पोषणतत्व नपुगेमा बालबालिकालाई विभिन्न संक्रामक रोग लाग्ने उनी बताउँछन् । रोगका कारण बालबालिकाले खाना खान मान्दैनन्, उनीहरुको तौल बढ्दैन र पुड्कोपनको समस्या हुन्छ । पुड्कोपनका कारण पेशागत रुपमा पनि अवरोध हुन सक्छ । जस्तै आर्मी, पुलिस लगायत सुरक्षा पेशाका लागि उचाइको महत्व हुन्छ ।

गर्भावस्थामा आमालाई आयोडिन नपुगेमा सुस्त मनस्थितिको बच्चा जन्मने सम्भावना बढी हुन्छ । हाडको विकास पनि पर्याप्त हु“दैन र पुड्कोपन सुरु हुन्छ । डा. पौडेल भन्छन्, ‘गर्भवती आमालाई जन्डिस, मधुमेह, उच्चरक्तचाप, एचआईभी भएमा पनि बच्चाको शारीरिक, बौद्धिक विकासमा असर पार्छ ।’

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live