मुख्य समाचार

नेपाल मेडिकल काउन्सिलको निर्वाचन आजदेखि उपत्यकामा

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको आगामी कार्यकालका लागि काठमाडौंमा आजदेखि  निर्वाचन हुँदैछ । एक उपाध्यक्ष र ८ सदस्यका लागि बिहान १० बजेदेखि निर्वाचन सुरु हुने भएको हो। उपाध्यक्ष पदका लागि ३ जना र सदस्य पदका लागि २७ जना चुनावी मैदानमा छन्।

निर्वाचन तालिका अनुसार काठमाडौं उपत्यका दुई ठाउँमा मतदान हुनेछ। ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज र काठमाडौंको भृकुटीमन्डपस्थित नेपाल पुलिस क्लबमा निर्वाचन हुँदैछ । 

मेडिकल काउन्सिल बलियो नहुँदा पेशागत मर्यादा र सुरक्षामा आँच आएको भन्दै यो निर्चाचनलाई चिकित्सकले विशेष रुपमा लिएका छन् । यसअघि काउन्सिलमा रहेकाहरुले चिकित्सा क्षेत्रका लागि सकारात्मक भूमिका निवाह गर्न नसकेकाले पुनर्संरचनाको पक्षमा छन् ।

यसकारण काउन्सिलको निर्वाचनमा यसपटक पुरानाभन्दा नयाँ अनुहार बढी चर्चामा छन्। उपत्यका बाहिरको अनुमानित चुनावी नतिजामा नयाँ अनुहारहरु हावी देखिएको चिकित्सकहरु बताउँछन् ।

यी हुन् काउन्सिलका उम्मेदवार

उपाध्यक्षमा
१. डा नारायणविक्रम थापा
२. डा पुष्पमणि खराल
३. डा सतिश देव

सदस्यमा

१. डा अमित चतुर्वेदी
२. डा अनिरा वैद्य
३. डा अंकुर शाह
४. डा भागवत भट्टराई
५. डा विजयकुमार चौधरी
६. डा विना श्रेष्ठ
७. डा विपेश आचार्य
८. डा विश्वराज दवाडी
९. डा दिपेन्द्र नौलाखा
१०. डा कालुसिंह खत्री
११. डा खुस्बु प्रिया
१२. डा किष्ण खरेल
१३. डा कुशराज गिरी
१४. डा मनोजमान श्रेष्ठ
१५. डा निरज अर्याल
१६. डा प्रमोदकुमार साह
१७. डा प्रमोदकुमार सराफ
१८. डा प्रमोदकुमार यादव
१९. डा रामजीवन प्रसाद
२०. डा रोहितकुमार मिश्रा
२१. डा साभाना प्रधान
२२. डा शक्ति बस्नेत
२३. डा शिवजी पौडेल
२४. डा सुमन काफ्ले
२५. डा सुनिलकुमार शाह (ए)
२६. डा सुनिलकुमार शाह (बि)
२७. डा सुरेशप्रसाद नेपाल

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live