घरमै डाक्टर

प्रेसर नाप्नुअघि यी कुरा जान्नै पर्छ


एजेन्सी – प्रेसर नाप्दा शरिर सिधा भएर बस्नु पर्छ । प्रेसर लिनु भन्दा अगाडि व्यायाम गर्नु हँुदैन । प्रेसरको सत्यतथ्य नापेको समय र नाप्दा बस्ने पोजिसन लगायतमा निर्भर पर्छ । प्रेसर नाप्नुअघि बाइक चलाएको हो वा सहवास गरिएको छ भने त्यसले पनि प्रभाव पार्छ ।

सुरुमा बाथरुम जानुहोस्  । पिसाब थैली भरिदा रक्तचापको मात्रा बढ्छ । पिसाब भरिएको अवस्थामा प्रेसर नाप्दा माथिल्लो १५ अंक र तल्लो १० अंकले बढ्ने सम्भावना छ ।

कहिलेकाहिँ तपाईंले घरमा सामान्य देखिने रक्तचापको तह चिकित्सककहाँ जाँदा उच्च हुन्छ । ह्वाईट कोट हाइपरटेन्सन अर्थात् चिकित्सककहाँ जाँदा तपाई नर्भस भएर त्यस्तो हुने हो । यो दीर्घकालिन रुपमा नै उच्च रक्तचापको लक्षण हो ।

कुनै औषधी त खानु भएको छैन ? निश्चित औषधी जस्तै डिकन्जेस्टेन्ट, एम्फेटामाईन्स र स्टेरोइड प्रिडनिसोनले रक्तचाप बढाउँछ । तसर्थ परीक्षण गर्नु अगाडि आफूले खाएको औषधीको विवरण चिकित्सकलाई जानाकारी गराउनुपर्छ ।

 ढाड सिधा बनाएर कुर्चिमा बस्नुहोस् । तपाईको दुबै खुट्टा सिधा तल भूइँमा टेक्नुहोस् । पाखुरा टेबुलमाथि राख्नुपर्छ ।

प्रेसर नाप्दा शान्त भएर बस्नुपर्छ । रक्तचाप नाप्दा बोल्यो भने तल्लो वा माथिल्लो नम्बर १० अंकले बढ्छ ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने