जीवनशैली

गर्भावस्थालार्इ 'सेलिब्रेट' गर्दै अभिनेत्री निशा अधिकारी

स्वास्थ्यखबर

काठमाडौं– अभिनेत्री तथा फिल्म निर्माता निशा अधिकारी यतिबेला  गर्भवती छिन्। गत असार १६ गते नेपाली क्रिकेटर शरद भेषवाकरसँग विवाह गरेकी निशाले पेटमा हुर्किरहेको बच्चाका विषयमा सामाजिक सञ्जालमा विभिन्न भाव प्रस्तुत गरिरहेकी छिन्। 

 सामान्यतया नेपाली सेलिब्रेटीहरु आफू आमा बन्न  लागेका विषय सार्वजनिक गर्न   हिचकिचाउँछन् । तर निशाले सुरुदेखि नै आफ्नो गर्भावस्थालार्इ सेलिब्रेट गरिरहेकी छिन् । यस समयका नयाँ–   नयाँ तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै आएकी छन्। 

 निशाले गत जनवरी १ मा आफू आमा बन्न लागेको कुरा इन्स्टाग्राबाट सार्वजनिक नै गरेकी   थिइन्।  त्यसपछि भने उनले सन्तानको माया, ममता र स्नेहका प्रतीक र त्यसैको पर्खाइमा   रहेका     दिनचर्याका तस्बिरहरु पनि एकपछि अर्को गर्दै सार्वजनिक गरिरहेकी हुन्। 

 यसै क्रममा निशाले सोमबार  इन्स्टाग्राममा अर्को एक नयाँ तस्बिर सार्बजनिक   गरेकी छन् ।   निशाले आफ्नो पेटमा हुर्कंदै गरेको बच्चाको धड्कनसँग रमाइरहेको उल्लेख गर्दै   गर्भावस्थाको  तस्विर सार्वजनिक गरेकी हुन्।
 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live