जीवनशैली

आमा बनेपछिकी करिना कपूरको फिटनेस रहस्य 'पाइलेट्स एक्सरसाइज' (भिडियो)


काठमाडौं-

एजेन्सी– बलिउडमा आकर्षक र सबैभन्दा फिट अभिनेत्रीमा करिना कपूरको नाम सबैभन्दा अग्रपंक्तिमा छ । उनी फिटनेस, लुक्स र फेसनका लागि सधैं सजग रहन्छिन् । शैफ अलि खानसंग बिहे गर्नुअघि जिरो फिगरका लागि फिल्म उद्योगमा चर्चित थिइन्। बिहेपछि उनी आमा पनि बनिन् । तर  त्यसपछि उनले करिब १२ किलो तौल घटाएर चर्चामा आइन् । गर्भवती र आमा बनेपछि हुने शारीरिक परिवर्तनलाई हराएर पहिलेजस्तै बोल्ड शरीर बनाउन सफल भइन् । यो सफलताका पछाडि उनले नियमित रुपमा गर्ने अभ्यास नै मुख्य कारण मानिएको छ, जसलाई ‘पाइलेट्स एक्सरसाइज’ भनिन्छ।

केही समययता बलिउड अभिनेत्रीबीच ‘पाइलेट्स एक्सरसाइज’ निकै लोकप्रिय छ । दीपिका पादुकोण, आलिया भट्ट, क्याटरिना केफ र ज्याक्लिन फर्नान्डिसजस्ता चर्चित अभिनेत्रीहरुले यो अभ्यासबाट फिटनेस प्राप्त गरेका छन् । यद्यपि यो त्यति सजिलो भने छैन । हालै करिनाकी पर्सनल ट्रेनर नम्रता पूरोहितले करिनाको फिटनेस रहस्य ‘पाइलेट्स एक्सरसाइज’ भएको बताउँदैं केही तस्बिरहरु सन्चारमाध्यममा सार्वजनिक गरेकी थिइन्। 

के हो पाइलेट्स एक्सरसाइज ? 

फिटनेसका क्रेजीका लागि यो अभ्यास संसारभर नै लोकप्रिय भइरहेको छ । बलिउडका अलावा हलिउडमा पनि यसका प्रशंसक छन् । यो अभ्यासको वास्तविक नाम कन्ट्रोलोजी हो, यो नाम अध्ययनकर्ता जोसेफ पाइलेटले राखेका थिए । तर पछि उनै पाइलेटको नाममा यसको नाम पाइलेट्स एक्सरसाइज भयो। 

केही पाइलेट्स अभ्यास गर्न केही मेसिन आवश्यक पर्छ  । तर प्रारम्भिक खालको अभ्यास भने घरमै बसेर गर्न सकिन्छ । यो शरीरको लचकपन (फ्लेक्जिबिलिटी) र मजबुतीका आधारमा गर्नुपर्ने हुन्छ । यसबाट दिमाग ताजा राख्न सकिन्छ । यसका अनुसन्धानकर्ता जोसेफ पाइलेटका अनुसार दिमागले नै शरीरको मांसपेशी नियन्त्रण गर्छ । 

यसका फाइदा

पाइलेट्स एक्सरसाइज नियमित अभ्यास गर्नाले शरीरको कुनै पनि प्रकारको चोट चाँडै निको हुने दाबी गरिन्छ । जोसेफ पाइलेटले दोस्रो विश्वयुद्धमा घाइते भएका सैनिकको उपचारका लागि यो अभ्यास पत्ता लगाएका थिए । यसबाट शरीरमा अक्सिजनको मात्रा कायम रहन्छ भने रक्तसन्चार पनि दुरुस्त रहन्छ । यसैले यसलाई कार्डियो एक्सरसाइज भनिन्छ, जसले मुटुको पनि रक्षा गर्छ । यस्तै, ध्यान केन्द्रित गर्न, श्वासप्रश्वास प्रक्रियामा सुधार गर्न सकिन्छ । श्वास सही तरिकाले लिने हो भने रगतमा अक्सिजन उपयुक्त तरिकाले प्रवाहित हुन्छ र स्वस्थ रहन मद्धत गर्छ । तर यो अभ्यास व्यवसायिक प्रशिक्षकको निगरानीमा मात्र गर्नुपर्ने हुन्छ । अन्यथा यसको नकारात्मक असर पनि पर्न सक्छ ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने