डक्टर्स आर्टिकल

क्रिटिकल केयरमा सहयोगी नयाँ उपकरण


डा अमिर सिद्दिकी 
सिकिस्त अवस्थाका बिरामीलाई विशेष उपचार तथा हेरचाह प्रदान गर्ने चिकित्सालाई ‘किटिकल केयर’ भनिन्छ । शरीरका महत्वपूर्ण अगंहरु (जस्तै– मुटु, मिर्गौला, मस्तिष्क, कलेजो आदि) मा गम्भीर समस्या देखियो भने क्रिटिकल केयरको आवश्यकता पर्छ । जटिल बिरामीलाई सघन उपचार कक्ष (आइसियू) मा दिने सेवा नै मेडिकल भाषामा क्रिटिकल केयर हो । 

क्रिटिकल केयर भनेको आइसियूमा भर्ना भएका सिकिस्त बिरामीको ज्यान बचाउन दिइने सेवाका रुपमा चिनिए पनि अहिले दायरा फराकिलो भएको छ । कुनै पनि शारीरिक तथा मानसिक घटना घटिसकेपछि प्रदान गरिने उपचारसँगै जुन रोग तथा समस्या भएको छैन तर हुने सम्भावना छ भने त्यसलाई समाधान गर्ने सेवा पनि क्रिटिकल केयर अन्तर्गत नै पर्छ । क्रिटिकल केयरलाई पछिल्लो समय कोर क्रिटिकल केयर, प्रिभेन्टिभ क्रिटिकल केयर र रिह्याबिलेसन क्रिटिकल केयर गरेर तीन भागमा वर्गीकरण गरिएको छ ।

अहिलेसम्म नेपालमा सिकिस्त भइसकेपछि बिरामीलाई आइसियूमा पठाउने चलन छ । कतिपय केसमा बिरामी स्वास्थ्य अवस्था धेरै नै बिग्रिएपछि अस्पताल पुगेको पनि भेटिन्छ । यस्तो अवस्थामा बिरामीलाई बचाउन मुस्किल पर्छ । त्यसैले पछिल्लो समय प्रिभेन्टिभ क्रिटिकल केयर लागू भएको छ । यो सेवा रोग लाग्ने सम्भावना भएका बिरामीलाई प्रदान गरिन्छ । प्रिभेन्टिभ क्रिटिकल केयर सेवा अझै पनि पूर्णरुपमा सुरु भइसकेको छैन । रिह्याबिलेसन केयर अहिलेसम्म दक्षिण एसियामा सुरु भएको थिएन । तर, बयोधा अस्पतालले प्रिभेन्टिभ र रिह्यबिलेसन दुवै सेवा सुरु गरेको छ । 
अस्पतालले हालसालै क्रिटिकल केयरमा सहयोगी हुनेगरी जनरल वार्डमा रहेका बिरामीको मुटुको धड्कन, पल्स रेट, रगतको अक्सिजन, हेमोग्लोबिनको अवस्थाबारे एकैपटक अवलोकन गर्न सक्ने आधुनिक उपकरण भित्र्याएको छ । ‘मेसिमो पेसेन्ट सेफ्टी नेट’ भनिने उक्त उपकरणबाट बिरामीलाई हुन सक्ने गम्भीर स्वास्थ्य समस्याबारे जानकारी उपलब्ध हुन सक्छ ।

उपकरणले कसरी गर्छ काम ?
उपकरणले वार्डमा रहेका बिरामीको निगरानी गर्न मद्दत गर्छ । यसमा एक कम्प्युटरको माउस आकारको उपकरण हुन्छ । उक्त उपकरणलाई बिरामीको साथमा राखिन्छ र बिरामीको औंलामा सानो स्टिकर टाँसिन्छ । यो डिभाइसले बिरामीमा अक्सिजनको मात्रा, मुटुको चालको गति, रगतमा हेमोग्लोबिन र शरीरभित्र भएको समस्याको नियमित जाँच गर्छ । यदि बिरामीमा कुनै समस्या देखिएमा उपकरणले ‘माइनर, मेजर र सिभियर’ अवस्थाबारे नर्सिङ स्टेसनमा रहेको कम्प्युटर मोनिटर र नर्स तथा डाक्टरसँग रहेको पेजरमा एकैपटक सूचना दिनेगर्छ । 

यो उपकरणले बिरामी बाथरुममा गएको समयमा लड्यो भने नर्सिङ स्टेसनमा तत्कालै सूचना दिन्छ । जसका कारण बिरामीको समयमै उद्धार गरी उपचार गर्न सहयोग पुग्छ । यो प्रविधिको प्रयोगले बिरामीको आइसियू बसाई र वार्डको बसाई कम गर्दै बिरामीलाई छिटो र सहज उपचार प्रदान गर्न सकिन्छ । अस्पतालमा रहेको ¥यापिट रेस्पोन्स टिमले यो प्रविधिलाई हेरिरहेका हुन्छन् । बिरामीको शरीरमा कुनै असामान्य हलचल हुने बित्तिकै यो टिम परिचालन हुन्छन् ।

क्रिटिकल कियर स्पेसलिस्ट, बयोधा अस्पताल

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

pradeep khadka लेख्नुहुन्छ चैत ३०, २०७४ शुक्रवार १३:०१:४२
Greate news

यसमा तपाइको मत




पढ्नै पर्ने