विचार/ब्लग

स्वास्थ्य सेवा प्रवाहका लागि हुनुपर्ने पुनर्संरचना

- डा प्रकाश ज्ञवाली

- डा प्रकाश ज्ञवाली

स्वास्थ्य सेवा यस्तो संवेदनशील क्षेत्र हो, जसलाई कुनै सेकेन्ड पनि थाती राख्न सकिन्न। स्वास्थ्य सेवाको निरन्तर प्रवाहका लागि मन्त्रालयबाट भएको पहलबाट अहिलेका पदाधिकारीहरू जनताप्रति संवेदनशील भएका हुन् कि भन्ने भान हुन थालेको छ।

सबै तहमा कार्यरत स्वास्थ्यकर्मीहरू अझ जनविश्वासी बन्न हिजोभन्दा फरक र मेहनतका साथ कार्य गर्न तत्पर भई फरक नतिजा दिन सक्नुपर्छ। अब स्वास्थ्य सेवालाई सबलीकरण गर्दै जनताको पहुँचमा पुर्या उन स्थानीय सरकारलाई सहयोग, सहजीकरण  गर्न  पुनर्संरचना गर्न जरूरी छ। यसरी पुनर्संरचना गर्दा तल्लो तहमा सञ्चालन हुने कार्यक्रमहरूको प्रभावकारी सञ्चालनमा ध्यान दिँदै सेवाको संवेदनशीलता र  विशिष्टीकरण तथा विगतका अनुभवी दक्ष जनशक्तिको उचित व्यवस्थापनमा समेत ध्यान दिनुपर्छ। सेवाको प्रवाह र गुणस्तरमा सचेत हुँदै विशेषगरी खोप, कोल्डचेन, क्षयकुष्ठ, सुरक्षित मातृत्व, महामारीजन्य रोग आदि सञ्चालनमा ख्याल गर्नुपर्ने देखिन्छ।

अबको संरचनामा खोप कोल्डचेन वितरणमा अनुभवप्राप्त जनशक्तिकै व्यवस्थापन र खोपसेवा सञ्चालन अभियान, तालिम, नयाँ खोप सुरूवात, outbreak control, Vpd surveillance, सूक्ष्म योजना तयारी, polio eradication, Measles elimination जस्ता राष्ट्रिय अन्तर्राष्ट्रिय एजेन्डा प्राप्तिको लागि विगतमा धेरै लगानी भई दक्षता हासिल गरेका जनशक्ति मध्यबाटै व्यवस्थापन गर्नु उपयुक्त हुन्छ। 

खोप कोल्डचेनलाई दुई पाटोबाट बुझ्न जरुरी छ।

१. कोल्डचेन व्यवस्थापन, सामग्री सञ्चालन र मर्मत सम्भार। 
२. खोपसेवा सञ्चालन, गुणस्तर, क्षमता विकास, सहजीकरण, सूक्ष्म योजना तयारी र सञ्चालन, खोप कोल्डचेन आपूर्ति वितरण, अनुगमन आदि। 

पुनर्संरचना गर्दा ती दक्ष जनशक्तिको यथोचित व्यवस्थापन र  उपयोग गर्न चुक्नुहुन्न। अबको संरचनामा  खोप सेवाको सञ्चालनमा दुवै जनशक्तिसँगै व्यवस्थापन भएन भने त्यो कमजोर बन्छ। 

खोप सुपरभाइजर र कोल्डचेनकर्मी फरक काम र दक्षताका हुन्। अबको संरचनामा जनस्वास्थ्य अधिकृत वा विज्ञको नेतृत्वमा खोप, कोल्डचेन , क्षयकुष्ठ, आमा सुरक्षा जस्ता कार्यक्रमका अनुभवी दक्ष सुपरिवेक्षक लगायत आवश्यक जिल्लामा किटजन्य रोग, औलो, महामारी रोग नियन्त्रणका लागि समेत विगतको जनशक्ति व्यवस्थापन गर्दै छैटौं, सातौं तहका जनशक्तिलाई समेत बाटो खुल्ला गर्नु उचित हुन्छ।

खोप, कोल्डचेन, क्षयकुष्ठ, परिवार नियोजन जस्ता निश्चित तोकिउको कार्य गर्दै आएका कर्मचारीलाई जनस्वास्थ्यका सबै कार्यक्रमको जिम्मा दिएर स्थानीय तहमा पठाइएमा कार्य सञ्चालन तथा परिणाम राम्रो हुन्छ। यस्ता कर्मचारीलाई  तोकिएको र दक्षता भएको कार्यक्रममा हिजोभन्दा अझ गहकिलो जिम्मेवारी दिएर ती ठाउँमा सहजीकरण, प्राविधिक सहयोग र परिणाममुखी  नतिजाका लागि खटाउन आवश्यक छ।  कर्मचारी व्यवस्थापन गर्दा विना मोलाहिजा दक्षता र क्षमता, विगतको कार्यकुशलतालाई  आधार मान्नु जरूरी होला भन्ने लाग्छ।

सबै तह र क्षेत्रबाट हाम्रा विज्ञ विशेषज्ञ र निकायमा निरन्तर सुझाव दिन र संघीयतामा  स्वास्थ्य सेवालाई जनमुखी बनाउन, स्वास्थ्य सेवाको साख उच्च राख्न योगदान गर्न समेत अनुरोध गर्दछु।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने