काठमाडौं- नरदेवी आयुर्वेद अस्पतालका प्रमुख रामदेव यादव ३७ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई निवासबाटै मंगलबार घुस रकमसहित नियन्त्रणमा लिएको हो।
आयोगका अनुसार अस्पतालमा 'अन द जब ट्रेनिङ'का लागि आएका ३५ जना विद्यार्थीबाट यादवले ३७ हजार रुपैयाँ घुस लिएका हुन्। आयोगको टोलीले यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।