काठमाडौं– नेपालले सुरु गरेको स्वास्थ्य बिमा देशव्यापी बनाउन कोरियाले थप सहयोग गर्ने भएको छ । शुक्रवार स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई नेपालका लागि कोरियाली राजदूतपार्क योङ सिकले भेटवार्ता गरेर यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्।
स्वास्थ्य मन्त्रालयमा भएको भेटमा स्वास्थ्य बिमा गरिब नेपालीको स्वास्थ्य अधिकारका लागि महत्वपूर्ण हुने भन्दै आफ्ना तर्फबाट सघाउने बताएका हुन् सन् २०२० अर्थात् दुई वर्षभित्र बिमा देशव्यापी बनाउने योजना मन्त्री अर्यालले बनाएकी छिन् । । यो वर्षभित्रै सवै जिल्लामा स्वास्थ्य बिमा सुरु गर्ने मनशाय प्रधानमन्त्री केपी शर्मा वलीको रहेको बताइएको छ ।
यसबाहेक स्वास्थ्य संस्थाका भवन निर्माणमा सघाउने र स्वास्थ्यमा स्वयंसेवी बढाउने पनि राजदूत सिकले बताएका छन्।
मन्त्री अर्यालले भने भौतिक निर्माणमा मात्रै नभइ, उपकरण, जनशक्तिको दक्षता वृद्धि, सचेतना र स्वास्थ्य प्रवद्र्धन जस्ता कार्यक्रममा समेत सघाउन आग्रह गरेकी थिइन् ।