काठमाडौं– बंगलादेशस्थित नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसनको २०१८ को कार्यसमिति गठन भउको छ ।
बंगलादेशका बिभिन्न ठाउमा मेडिकल अध्ययन गरिरहेका नेपाली बिधार्थीहरुको हकहितका निम्ति स्थापना भएको यस संगठनले बंगलादेशमा नेपाली बिद्यर्थीहरुलाई आइपर्ने समस्याको सामूहिक रुपमा समाधान खोज्न पहल गर्ने संस्थाका अध्यक्ष नबिन यादवले बताए।
नयाँ कार्य समितिमा नबिन यादव,शिव शंकर साह, रमन कार्की, जुनैद अहमद, सर्बग्यालाल प्रधान, लोकेश्वोर चौरसिया, अंकिता पालिखे, श्रेष्मा देबकोटा, नताशा भट्टराई, न्यान्शी साह, श्वेत शर्मा, राधा खड्का, जेनिया राई रहेका छन् भने ढाका डिभिजन कार्यसमितिमा अप्सरा घिमिरे, सुनिल रौनियार, रिजवान ओबैद खान, अभिषेक पाण्डे, रितेश ठाकुर, ब्रोमिषा बुढाथोकी, प्रकाश यादब, शोभा पाण्डे र सरु योना महर्जन रहेका छन् । त्यसैगरी सल्लाहकारमा मनिष रेग्मी, संजय साह र बिनिता अधिकारी छन्। चाँडै बंगलादेशका अरु ठाउँहरुमा पनि संगठन बिस्तार गरेर लैजाने अध्यक्ष यादबले बताए।