नर्भिक उपचारका क्षेत्रमा ‘कर्पोरेट कल्चर’ भित्र्याउने पहिलो नेपाली अस्पताल हो । पैसा तिर्न तयार भएर पनि नेपालमा राम्रो ‘हस्पिट्यालिटी’ भएको हस्पिटलको अभाव चिरेको अस्पतालले २५ वर्ष पूरा गरेको छ । उपचार सेवामा निजी क्षेत्रबाट सञ्चालित संस्थाहरु विकृति रहित छैनन् भनिरहँदा उनीहरुका कीर्तिमाथि नजरअन्दाज गर्नुहुँदैन।
नर्भिक एउटा अस्पताल मात्रै होइन, नेपालमा अस्पताल व्यवस्थापनको नयाँ तरिका पनि हो । सोही तरिका पछ्याउँदै निजी स्तरबाट सुविधासम्पन्न अस्पताल खुल्ने क्रम बढ्दो छ । यस्ता अस्पतालले दिने आकर्षक सेवा सुविधाका कारण राम्रा डाक्टरको पलायन रोकिएको छ । नयाँ उपकरण भित्रिएका छन् । नेपालको सरकारी अस्पताल देख्दै नाक खुम्च्याउने वर्ग यहीँ अडिएको छ र उपचारका नाममा बाहिरिने नेपाली मुद्रा रोकिएको छ।
अस्पतालका सञ्चालक वसन्त चौधरी नाफा कमाउन नभइ नाम कमाउन अस्पताल खोलेको बताउँछन् । उनी भन्छन्, ‘अस्पताल निरन्तर १७ वर्ष घाटामा रह्यो । तर, यही कारण म पछि हटिनँ।’
अस्पतालकी निर्देशक मेघा चौधरी नर्भिकले आफ्नो स्थापना कालदेखि नै नेपाली नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिँदै आइरहेको बताउँछिन् । भन्छिन्, ‘नेपाली नागरिकले उपचारका लागि विदेशिन नपरोस् भनेर अस्पतालले विदेशका डाक्टरलाई समेत नेपालमा बोलाएर सेवा दिँदै आएको छ । स्वदेशमै सबै प्रकारका गुणस्तरीय उपचार सेवा उपलब्ध हुनुपर्छ भन्ने हाम्रो ‘एड्भोकोसी’ हो।’
नर्भिकले अबको लक्ष्य उपत्यकाबाहिरका विभिन्न स्थानमा सेवा विस्तार गर्ने बनाएको छ । उपत्यकाबाहिर पहिलो चरणमा सुनसरीको दुवहीमा, पोखरा र बुटवलमा १/१ सय शय्याको अस्पताल बनाउने जानकारी उनले दिइन्।
अस्पतालका सद्भावना दूत समेत रहेको वरिष्ठ कलाकार हरिवंश आचार्य नर्भिकले नेपालमै अन्तर्राष्ट्रियस्तरको उपचार सेवा प्रदान गर्दै आएको बताउँछन् । ‘राम्रो उपचार सेवाका लागि विदेश जानेहरुलाई रोक्न नर्भिक सफल भएको छ । यसरी नेपालीमाथि गुन लगाइरहेको छ,’ उनले भने।
२५ वर्षमा यस अस्पतालबाट ओपिडी सेवा २८ लाख ५७ हजार ३ सय ७३ जनाले लिएका छन् । यसैगरी अन्तरंग सेवा १३ लाख ७३ हजार ८ सय ५४ र एन्जिओग्राफी १७ हजार २ सय ४९ले लिएका छन् । शल्यक्रिया मात्रै यो अस्पतालमा १ लाख १३ हजार ७ सय ५० जनाको भएको छ । १० हजार १ सय ३७ बिदेशी नागरिकको यो अस्पतालले उपाचर गरेको छ।
समय रेखामा नर्भिक
सन् १९९३ मा नर्भिक हेल्थ केयर एन्ड रिसर्च सेन्टर प्रालि दर्ता
सन् १९९४ मा नयाँ बानेश्वरमा भाडाको घरबाट सेवा सुरु
सन् १९९५ पुतलीसडकमा सरेर सेवा सुरु
सन् १९९७ पुतलिसडकबाट सरेर थापाथलिस्थित जेसिज भवनबाट सेवा सुरु
सन् १९९७ थापाथलीमा नै हाल नर्भिक रहेको स्थानबाट सेवा सुरु
सन् १९९७ मा डा भारत रावतबाट मुटुको विशेषज्ञ सेवा सुरु
सन् १९९८ मा नर्भिक र भारतको स्कटर््स हार्ट सेन्टरबीच सहकार्यको सम्झौता
सन् १९९९ एक सय शय्याको अस्पताल सञ्चालन स्वीकृति
सन् १९९९ मा न्युरो विभाग स्थापना र सेवा सुरु
सन् १९९९ पेसमेकर प्रत्यारोपण
सन् २००० नेपालमा नै पहिलो पटक क्याथल्याब सेवा सुरु
सन् २००२ ओपन हार्ट बाइपास सर्जरी सेवा र एन्जियोप्लास्टी सेवा सुरु
सन् २००२ मा गुणस्तरीय सेवाका लागि आइएसओ ९००१ः२००० प्रमाणपत्र प्राप्त
सन् २००३ मस्तिष्कमा जोडिने घाँटीको धमनीको शल्यक्रिया
सन् २००४ डाइजेस्टिभ डिजज सेन्टर सञ्चालन
सन् २००५ सिटी स्क्यान सेवा सुरु
सन् २००६ घुँडा प्रत्यारोपण सुरु
सन् २००७ मा नेपालमा पहिलो पटक ‘मिसन हार्ट मोबाइल सिसियू’ सेवा सुरु
सन् २००९ मा नर्भिक इन्स्टिच्युट अफ एजुकेसन स्थापना
सन् २०११ भौतिक पूर्वाधार विस्तार
सन् २०१३ प्रसूति तथा स्त्री रोगका लागि विभाग स्थापना
सन् २०१४ लुनकरणदास चौधरी डाइग्नोस्टिक सेन्टर स्थापना
सन् २०१५ थप दुई मोबाइल सिसियू सुरु
सन् २०१६ नेपालमै पहिलो पटक ग्यास्ट्रो इन्टेस्टाइनल इन्टेन्सिभ केयर युनिट सुरु
सन् २०१७ श्रव्यदृश्य सुविधासहितको थ्री टेस्ला क्षमताको एमआरआई सेवा सुरु
सन् २०१८ रजत वर्ष
सन् २०२२ नयाँ भवनबाट उपचारका थप सेवा विस्तार (लक्ष्य)
सन् २०२५ उपत्यका बाहिर अस्पताल स्थापना (लक्ष्य)