नर्सिङ

नर्सिङ दिवसका अवसरमा नर्सहरुको म्याराथन

 

काठमाडौं-

नर्सिङ दिवसका अवसरमा म्याराथन दौडका आयोजना गरिएको छ । महाराजगञ्ज नर्सिङ क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा शनिवार उक्त कार्यक्रम गरिएको हो । 
म्याराथनमा ६६ जना नर्सिङका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । महाराजगञ्जस्थित क्याम्पसदेखि गोल्फुटारसम्म लगभग ६ किलोमिटर म्याराथन दौड गरिएको थियो । नर्सहरुका आवाज मुखरित गर्न र स्वास्थ्य मानव अधिकार रहेको चेतना फैलाउन कार्यक्रम गरिएको स्ववियु अध्यक्ष विमला धमलाले बताइन् । 
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने