काठमाडौं– भक्तपुरबाट निर्वाचित प्रदेश नं ३ का प्रदेश सभा सदस्य हरिशरण लामिछाने मृत्यु भएको छ। उनको मष्तिस्काघातका कारण मृत्यु भएको हो।
अइतबार नै ब्रेनडेथ भएको चिकित्सकले अनौपचारिक जानकारी गराएपनि सोमबार १ बजे मृत घोषणा गरिएको हो।
उनको सोमबार साँझ पशुपती आर्यघाटमा दाहसंस्कार गरिने नेकपा एमाले केन्द्रीय सचिव कृष्णगोपाल श्रेष्ठले जनाएका छन्।
मस्तिष्कघात भएपछि आइतबार दिउँसोदेखि काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचार गराइरहेका थिए।
लामिछाने भक्तपुर क्षेत्र नं १ (ख)बाट नेकपा (एमाले)का तर्फबाट विजयी भएका थिए।