सप्तरीको सुरुङ्गा नगरपालिका– २ भेडियास्थित एउटा औषधि पसलमा आज बिहान आगलागी हुँदा लाखौंँ मूल्य बराबरको क्षति भएको छ।
स्थानीयवासी आनन्द विकले सञ्चालन गरेको औषधि पसलमा विद्युत् चुहिई आगलागी हुँदा करीब रु दश लाख मूल्य बराबरको औषधि र टिनको छानो भएको एउटा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।
त्यस्तै छिमेकी श्रवणलाल विक र हृदयनारायण चौधरीको एक एक घर जलेर नष्ट हुँदा लत्ताकपडा, खाद्यान्न, अन्नपात, भाँडावर्तन र नगद गरी रु दश लाखभन्दा बढीको क्षति भएको छ। आगो स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको वारुण यन्त्रले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। रासस