जेनेभा
स्वीजरल्यान्डको जेनेभामा भइरहेको ७१ औं 11 महासभामा नेपालको तर्फबाट सम्बोधन गर्दै स्वास्थ्य राज्यमन्त्री पद्मा कुमारी अर्यालले नेपाल सहस्राब्दी विकास लक्ष्यको नजिक पुगेको बताएकी छिन्।
उनले संघीय संरचनामा नेपाल अगाडि बढिरहेको र यसमा स्वस्थ्यका संरचना, प्रभावकारी स्वास्थ्य प्रणाली बनाउन नेपाल क्रियाशिल रहेको बताइन्। स्वास्थ्य क्षेत्रको संस्थागत विकास स्थानीय तहमा स्वास्थ्यका संरचना र गुणस्तरीयतामा सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिन्।
विगतमा नेपालले गरेको सफल अभ्यासको सिकाईलाई आत्मसाथ गरी 11 संगठनको नीति, योजना र कार्यक्रम निर्माणमा नेपालको पनि प्रभावकारी भूमिका हुनुपर्ने कुरामा जोड दिइन्। 11 संगठनले जारी गरेको जि पी डब्लूले नेपालको स्वास्थ्य क्षेत्र सुधारमा सहयोग पुर्याउने कुरामा विश्वस्त रहेको बताइन्।
हालसम्म गरेको सुखद सहकार्यले 11 संगठन र यसका सदस्य राष्ट्रलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि प्रभावकारी सहकार्यमा जोड दिइन्।
उनले भनिन्, ‘नेपालको सिकाई, विषयगत दक्षता र योजनाहरुले पनि 11 संगठनमा महत्व पाउनुपर्छ।’
भारतीय स्वास्थ्यमन्त्रीसँग भेट
सम्बोधन लगत्तै मन्त्री अर्यालले भारतका स्वास्थ्य मन्त्री जगत प्रकाश नाडासँग भेट गरेकी छिन्। नेपाली प्रतिनिधि मण्डल र भारतीय प्रतिनिधि मण्डल बीच नेपालको स्वास्थ्य क्षेत्रमा भएका सहकार्य, आगामी दिनमा हुनसक्ने साझेदारीका बारेमा छलफल भएको छ । सो क्रममा मन्त्रीले अहिलेको सरकारले लिएको समृद्धिको योजनामा सहकार्य गर्न आग्रह गरिन्। स्वास्थ्यका क्षेत्रमा भरतले गरेको सहयोगलाई धन्यवाद दिँदै नयाँ नेपाल निर्माणमा योगदान दिन र नेपालका सफल अभ्यासको पनि अनुसरण गर्न आग्रह गरिन्।
सो भेटमा बोल्दै भारतीय स्वास्थ्य मन्त्री नाडाले स्थानीय सरकारसँग सहकार्य गर्न भारत तयार रेहेको, कार्ययोजना उपलब्ध गराए सहयोग र साझेदारी अगाडि बढाउन तयार रहेको बताए । साथै नेपालको स्वास्थ्य क्षेत्रमा केही उपलब्धी भारताका लागि पनि सिकाई रहेको उल्लेख गरे।
चिनियाँ प्रतिनिधीसँग भेटवार्ता
यसैबीच नेपाली प्रतिनिधि मण्डल र चिनियाँ प्रतिनिधि मण्डल बीच पनि दुईपक्षीय भेटवार्ता भएको छ । नेपालको तर्फबाट मन्त्री अर्यालले नेतृत्व गरेकी थिइन् भने राष्ट्रिय स्वास्थ्य आयोगका सहमन्त्री स्वी लीले नेतृत्व गरेका थिए । सो भेटवार्तामा चिन र नेपाल बिच बिगतमा भएका सहकार्य र आगामी दिनमा गर्न सकिने तीन योजनाहरुको बारेमा छलफल भयो । सिभिल अस्पतालमा चिनले गरेको सहयोगलाई धन्यवाद दिँदै मन्त्री अर्यालले भतmपुरमा निर्माण हुन लागेको वीर अस्पताल, अरु स्वास्थ्य सस्थामा आकस्मिक उपकरण र सिभिल अस्पतालको स्तर उन्नतीमा सहयोग पुर्याउन आग्रह गरिन्।
मन्त्री लीले छिट्टै नेपालका प्रधानमन्त्री चिन आउन लागेकोमा खुशी व्यतm गर्दै स्वास्थ्यको क्षेत्रमा सहयोग गर्न तयार रहेको र दुईपक्षीय भेटमा यि कुरा राखी अगाडि बढाउन तयार रहेको बताए।
जेठ ६ गते माननीय मन्त्री र 11 संगठनका महानिर्देशक डा. टेड्रोस बीच भेटवार्ता भएको थियो ।