विश्व स्वास्थ्य

यसरी गर्छ धूमपानले मुटुलाई क्षति [भिडियो]


धूूमपानले मुटुलाई कति क्षति गर्छ भन्नेबारेमा चेतना जगाउन विश्व स्वास्थ्य संगठनले हालै जानकारीमुलक भिडियो सार्वजनिक गरेको छ। धूमपानले मुटुमा पार्ने असर र धूमपान छाड्न प्रोत्साहित गर्ने उद्देश्यले ३० सेकेण्ड लामो भिडियो सार्वजनिक गरिएको हो। 

भिडियोमा सुरुमा मुटु बिस्तारै धड्कन सुरु गर्छ। सँगै मुटुरोगको मुख्य कारण धूमपान रहेको उल्लेख गरिन्छ। तर त्यसपछि बिस्तारै धड्कन बढ्दै जान्छ र मुटुका भल्भबाट धुँवा निस्किइरहेका देखिन्छन्। अन्तिममा सन्देश दिइएको छ–मुटुको रक्षा गर्नुहोस् र स्वास्थ्यलाई रोज्नुहोस्, धूमपान होइन।

विश्व स्वास्थ्य संगठनको एक तथ्यांकअनुसार विश्वमा मुटुुजन्य रोगका कारण हुने मृत्युमध्ये १७ प्रतिशत सूर्तिजन्य पदार्थको उपयोग हुने गरेको छ। डब्लुएचओ प्रमुख डा. टेडरोड आढानमले मुटु रोग र धूूमपानको सम्बन्धबारे अझ बढी जनचेतना जगाउनु जरुरी रहेको बताए। ‘धेरै मानिसलाई धूमपानका कारण क्यान्सर र फोक्सोको रोग लाग्छ भन्नेमात्रै थाहा छ, तर मुटुरोग र स्ट्रोक पनि हुन्छ भन्ने थाहा छैन,’ उनी भन्छन्। 

धूूमपानले विश्वमा हरेक वर्ष ७० लाख मानिसको ज्यान जाने गरेको छ। तीमध्ये ८  लाख ९० हजारको त अन्य व्यक्तिले फालेको धुुँवाबाट मृत्युु हुने गरेको डब्लुएचओको तथ्यांक छ। धूमपानबाट मृत्युहुने ७० लाखमध्ये आधा अर्थात् ३० लाखको मृत्युु हृदयाघाट र स्ट्रोकबाट हुुने गरेको छ।

चुरोटमा ७ हजारभन्दा बढी रासायनिक पदार्थ हुन्छन्। जसमा हुने टारलगायतका रासायनिक पदार्थले धमनीलाई खुम्च्याउने र रगतबाहिनी नलीलाई क्षति पुु¥याउन सक्छन्। चुरोटमा हुने निकोटिनले खतरनाक तरिकाले मुटुुको धड्कन तेज बनाउनुुका साथै रक्तचाप पनि बढाउँछ। धूूमपान गर्दा निस्कने विषालु ग्याँस कार्बनमोनोअक्साइडले अक्सिजन र रगतलाई प्रतिस्थापन गर्छ, जसले गर्दा मुटुमा अति आवश्यक अक्सिजन उपलब्ध हुँदैंन। डेलीमेलबाट

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने