विचार/ब्लग

यस्तो हुन सक्छ स्वास्थ्यमा स्थानीय तहको नीति तथा कार्यक्रम

 दिपक प्रसाद तिवारी

वरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारी जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङमा कार्यरत छन्। ग्रामिण स्वास्थ्यसँग राम्ररी परिचित  उनी स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउँदा स्वास्थ्यलार्इ प्राथमिकतामा राख्नुपर्ने बताउँछन् । तर स्थानीय तहमा विज्ञको अभाव हुँदा गएको एक वर्ष स्थानीय तह सवैभन्दा कमजोर स्वास्थ्यमै रहे । यही कुरालार्इ मध्यनजर गरी सवै स्थानीय तहले सन्दर्भका रुपमा लिन सक्ने नीति तथा कार्यक्रम सुझाएका छन् । यस्तो छ तिवारीले तयार पारेको नीति तथा कार्यक्रमको नमूना:


नेपालको संविधानले प्रत्येक नागरिकलार्इ राज्यवाट आधारभुत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने एवं स्वास्थ्य सेवामा समान पहुँचलार्इ  नागरिकको मौलिक हकको रुपमा प्रत्याभूत गरेको छ । नागरिकलाइ स्वस्थ बनाउन .................... गा पा / न पा ले स्वास्थ्य क्षेत्रमा लगानी  अभिवृद्धि गर्ने एवं गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवामा समान पहुँच स्थापित गर्दै सवैको स्वस्थ जीवन प्रत्याभूत गरि दिगो विकास सुनिश्चित गर्नुपर्ने कानुनी दायित्वलाइ पुरा गर्ने नीति लिइएको छ । साथै महिलाहरुको प्रजनन अधिकार थप सुदृढ गरी सेवाको पहुँच तथा उपभोगमा वृद्धि ल्याउनको लागि विभिन्न नीति तथा कार्यक्रमहरु अवलम्बन गरिने छ ।
रणनितिहरु
१. गुणस्तरीय स्वास्थ्य सेवामा सवैको सहज पहुच हुनेगरी प्रभावकारी सेवा उपलब्ध गराइनेछ ।
२. पोषणयुक्त खानेकुराको वारेमा चेतना बढाउदै पोषण कार्यक्रमलाइ थप प्रभावकारी गराइनेछ ।
३ .नवजातशिशु मृत्युदर, शिशु मृत्युदर, मातृमृत्युदर र वालमृत्युदरहरुलाई घटाई औषत आयु वढाइनेछ ।
४. स्वास्थ्य पुर्वाधार, औषधि तथा उपकरणको उपलब्धतामा वृद्धि गरिनेछ ।
५. स्वास्थ्य क्षेत्रमा सरकारी, सहकारी तथा गैरसरकारी क्षेत्रको समन्वय एवं सहकार्यलाई बढाइनेछ ।  
६.स्वास्थ्य सेवाका आयामहरु प्रतिकारात्मक सेवा, प्रवदर्दनात्मक सेवा, उपचारात्मक सेवा, पुनर्स्थापनात्मक र प्रसामक सेवाहरु समेटेर स्वास्थ्यका कार्यक्रमहरु बनाइनेछ।
७. स्थानीय स्तरमा उपलब्ध हुने जडिवुटिहरुको व्यवस्थापन र उपयोग गर्दै आयुर्वेद चिकित्सा प्रणालीलाई थप प्रभावकारी गराइनेछ।
८. नसर्ने रोगको प्रकोपको न्युनिकरण लागि स्वास्थ्य प्रवदर्दनात्मक सेवामा विशेष जोड दिइनेछ साथै यसको लागि निदानात्मक सेवा र उपचारात्मक सेवालाई विस्तार गरिनेछ।  

बाल स्वास्थ्य सम्वन्धि नीतिहरु
१. पुर्णखोप सुनिश्चितता वडा तथा गा.पा.को अवस्थालाई कायम गर्दै हरेक वडाहरुमा खोपको अवस्थाको हरेक वर्ष समिक्षा गरिनेछ । साथै गा.पा./ न.पा. खोप दिवस मनाई पुर्ण खोपको अवस्थालाई हरेकवर्ष सुनिश्चित रहेको घोषणा गरिनेछ ।
२. खोप कार्यक्रमलाई थप व्यवस्थित वनाउनको लागि खोपको सुक्ष्म योजना तर्जुमा कार्यलाई निरन्तरता दिइनेछ ।
३. खोप केन्द्रहरुलाई व्यवस्थित तथा निर्माण गरिनेछ । यस वर्ष ............ वटा खोप केन्द्र भवन निर्माण गरिनेछ ।
४.   कोल्ड चेन व्यवस्थापनको लागि चाहिने सामाग्री तथा स्थानको व्यवस्थापन गरिनेछ ।
५.  गर्भवति महिलालाई हरेक पटक गर्भ जांच गर्न स्वास्थ्य संस्थामा जांदा २ प्याकेट आयोडिन युक्त नुन वितरण गरिनेछ ।
६.  पोषण शिक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ ।
७. हरेक स्वास्थ्य संस्थामा स्वास्थ्य शिक्षा कर्नर राखिनेछ र पोषीला खानेकुराको प्रदर्शन गर्ने र स्थानीय स्तरका पोषीला खानेकुराहरुको उपभोग वृद्धि गराउन आवश्यक शिक्षा, परामर्श दिइने व्यवस्था मिलाइने छ ।
८. पांच वर्ष मुनिका वच्चाहरुको उपचार व्यवस्था कार्यक्रमलाई प्रभावकारी वनाइने छ । साथै यस कार्यक्रलार्इ  प्रभावकारी वनाइने छ । साथै यस कार्यक्रमलाई व्यवस्थित वनाउन रु पचास हजार/ एक लाख जिवन जल तथा समोक्सीलिन रिदका लागि विनियोजन गरिएको छ ।

परिवार स्वास्थ्य कार्यक्रम
१. वर्षमा एक पटक संघ तथा प्रदेश स्वास्थ्य निकायसंग समन्वय गरी स्थायी वन्ध्याकरण शिविर संचालन गरिनेछ ।
२. नव विवाहीत दम्पतिहरुको पहिचान गरी आवश्यक साधन छनौटको लागि परामर्श प्रदान गरिनेछ ।
३. सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा ५ वटा साधन डिपो / पिल्स / कण्डम/ IUCD / इम्पलान्ट हरुको सेवा प्रदान गर्न आवश्यक पहल गरिने छ ।
४. सेवाग्राही मैत्री प.नि. सेवा प्रदान गरिनेछ ।
५. आमा सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी वनाउन यातायात खर्चको वितरण प्रणालीलाई चुस्त बनाइनेछ ।
६. पुर्ण गर्भवति जांच एंव पुर्ण संस्थागत सुत्केरी जस्ता अभियानलाई लागू गरिने छ । यसका लागि म.स्वा.स्व.स स्वास्थ्यकर्मी तथा जनप्रतिनिधीहरु परिचालन गरिने छ । यस अभियानको संयोजक उप-प्रमुखलाई वनाइने छ ।
७. गा.पा./ न.पा. स्तरमा एउटा प्रसुति कुरुवा घरको स्थापना गरी त्यस अवधिमा सुत्केरी र एक जना कुरुवाको खाना खर्चको सोधभर्ना गरिने छ । यसवाट सुत्केरी हुनु अगावै दिनुपर्ने पूर्व तथा उत्तर प्रसुति सेवालाई प्रदान गर्न तथा सेवा उपभोग वढाउन मद्दत पुग्नेछ ।
८. “इच्छाइएको गर्भ, सुरक्षित तथा स्वस्थ गर्भ” भन्ने मुल नाराका साथ हरेक गर्भलाई परिवारमा तथा समाजमा उत्सवको रुपमा स्थापित गराउन सामाजिक परिचालन गरिनेछ ।
९. आकस्मिक प्रसुति सेवालाई व्यवस्थित तथा थप जिम्वेवार बनाउन वर्थिङ सेन्टरहरुमा थप उपचार आवश्यक परेमा वा प्रेशण गर्नुपरेमा लाग्ने एम्वुलेन्स खर्च यस गा.पा./ न.पा. वाट स्रोध भर्ना गरिनेछ । (रु- १०००० दस हजार सम्म)
१०. PMTCT कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
११. स्वास्थ्य आमा समूहलाई सुदृढीकरण गर्ने कार्यक्रमहरु राखिने छ ।

रोग नियन्त्रण कार्यक्रम
●    समयानुकुल आइपर्ने रोगहरुको रोकथाम गर्न तथा सामना गर्न आवश्यक तयारी गरिने छ । महामारीको पुर्व तयारी तथा व्यवस्थापनको लागि प्रतिकारी योजना बनाइ लागू गरिने छ।
●    सर्ने रोग तथा नसर्ने रोगको रोकथामको लागि आवश्यक कार्यक्रम संचालन गरिने छ । नसर्ने रोगको रोकथामको लागि पेन प्याकेजलाई थप व्यवस्थित गरिनेछ । यसलाई आवश्यक पर्ने सामाग्रीहरुको व्यवस्थापन गा.पा./ न. पा. वाट नै गरिने छ।
●    महामारीको पुर्व तयारी तथा व्यवस्थापनको लागि आर आर टि लाइ तयारी अवस्थामा राखिने छ साथै उक्त कार्यलाइ औषधि, खोप तथा स्वास्थ्य सम्वन्धि सामाग्रीहरु तयारी हालतमा राखिने छ
●    क्षयरोगको नयाँ रोगी पत्ता लगाउनको लागि समय समयमा जोखिम स्थानहरु पहिचान गरी परिक्षण शिविर संचालन गरिनेछ।
●    डट्स विधिवाट उपचारात्मक पद्दतिलाई थप प्रभावकारी बनाउने छ । यसमा स्वास्थ्य कर्मीको निगरानीलाई बढाइनेछ।
●    जटिल प्रकारका क्षयरोगहरु (DR/SDR )लाई समयमै पहिचान तथा व्यवस्थापन को लागि पहल गरिने छ।
●    क्षयरोग तथा नसर्ने रोगहरुको समयमै पहिचानको लागि ल्याव सेवाको स्थापना तथा विस्तार गरिने छ।
●    क्षयरोगका विरामिलाई पोषण भत्ताको ब्यवस्थापन गरिने छ।
●    कुष्ठरोगका विरामि तथा परिवारका लागि जनचेतनामूलक कार्यक्रम ल्याइनेछ।

   
 म.स्वा.स्वं.से. कार्यक्रम
१. म.स्वा.स्वं.से. हरुलाई स्वास्थ्यका सम्पूर्ण कार्यक्रमहरुमा समुदाय स्तरमा जनचेतना फैलाउने कार्यमा थप उत्प्रेरित गरिने छ ।
२. वन्चितिकरणमा परेका समुदाय तथा सेवाग्राहीहरुको पहिचान गर्ने, सेवा निरन्तता गराउने, स्वास्थ्य आमा समुहलाई थप सुढृढीकरण गराउन म.स्वा.स्वं.से. हरुलाई थप उत्प्रेरित गरिनेछ ।
३. सेवाग्राहीको खोजी गर्ने तथा सेवाग्राहीको निरन्तरताको लागि संचार गर्नको निम्ति विशेषत मातृ तथा वालस्वास्थ्य समन्वयका लागी माेबार्इल स्वास्थ्य कार्यक्रम संचालानार्थ म.स्वा.स्वं.से. हरुलाई संचार खर्च वापत प्रति महिना  रु २०० का दरले प्रदान गरिने छ ।
४. ६० वर्ष पुरा भएका तथा अन्य कारणले सेवा प्रदान गर्न कठिन भएका म.स्वा.स्वं.से. हरुलाई स-सम्मान विदाइ कार्यक्रम राखिने छ ।
स्वास्थ्य संस्थाको फोहोर मैला व्यवस्थापन तथा गुणस्तर सुधार कार्यक्रम
१. स्वास्थ्य संस्थावाट निस्कने फोहोरमैलाको उचित व्यवस्थापनका लागि स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालयको निर्देशिकाको पालना गरिने छ ।
२.स्वास्थ्य संस्थाको सरसफाइलाई विशेष जोड दिइने छ । गा.पा./ न.पा. अन्तर्गतका स्वास्थ्य संस्थाहरुको सरसफाइको नियमित अनुगमन गरी उत्कृष्ट सरसफाइ गर्ने संस्था तथा का.स. हरुलाई पुरस्कृत गरिने छ ।
३.हरेक स्वास्थ्य संस्थामा गुणस्तर सुधार समिति गठन गरिनेछ र गुणस्तर सुधारका कार्यक्रमहरु लागू गरिनेछ ।
४. फोहोरमैला व्यवस्थापन तथा गुणस्तर सुधारका लागि आवश्यक पर्ने उपकरण तथा सामाग्रीहरुको उपलब्धतालाई    सुनिश्चित गरिनेछ ।
५.वर्थिङ सेन्टरहरुमा प्लासेन्टा पिट तथा फोहोर व्यवस्थापन गर्न  खाडलहरुको निर्माण  अनिवार्य गरिने छ ।
६. स्वास्थ्य संस्थाहरुको मर्मत संभार तथा खानेपानीको व्यवस्थापनको लागि यथेस्ट वजेटको व्यवस्था गरिने छ ।
७. गुणस्तरको स्वमूल्याङ्कन गरी उपभोक्ताको सुन्तुष्टीमा वृद्दि ल्याउने क्रियाकलाप संचालन गरिने छ ।
स्वास्थ्य पुर्वाधार
१. स्वास्थ्य सेवामा सर्वव्यापी पहुंच वृद्धि गर्नको लागि यस गा.पा./न.पा. अन्तरर्गतका ............वडाहरुमा १/१ वटा स्वास्थ्य संस्था संस्थापना संस्थापना गर्नको निम्ति कम्तिमा ४ रोपनी तत् तत् स्थापनामा जग्गाको व्यवस्थापन गरिनेछ । साथै यसको भवन निर्माणको लागि प्राप्त हुने वजेटमा समपुरक वजेटको व्यवस्था समेत गरिनेछ ।
२. यसरी हरेक वडामा स्वास्थ्य संस्था संस्थापना गर्दा पनि सेवाको मुलधारमा आउन नसकेका समुदायलाई आधारमूत स्वास्थ्य प्रदान गर्नको निम्ति स्थानिय स्रोतमा सामुदायिक स्वास्थ्य इकाइको स्थापना गरिने छ ।
३. हरेक गा.पा./न.पा. मा १५ शैया को अस्पताल स्थापना गर्ने राष्ट्रिय नीति अनुसार सो को स्थापनार्थ आवश्यक पर्ने १२ रोपनी वा जनसंख्याको आधारमा सो भन्दा वढी को जग्गा यसै वर्षमा व्यवस्थापन गरिनेछ ।

स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली
स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीलाइ प्रभावकारी वनाउन निम्न नीति तथा कार्यक्रमहरु अवलम्बन गरिने छ ।
★    स्वास्थ्य संस्थाहरुवाट गरिने मासिक प्रतिवेदन पद्दतिलाई निरन्तरता दिइने छ
★    म.स्वा.स्वं.से हरुको मासिक समिक्षालाई प्रभावकारी वनाइने छ साथै नियमानुसार उत्प्रेरणा गरिने छ ।
★    स्वास्थ्य संस्था प्रमुखहरुको मासिक वैठक तथा समिक्षालाई निरन्तरता दिइने छ ।
★    मासिक अनलाइन तथ्याङ्क प्रवेष्टीकरण को लागि आवश्यक पर्ने इन्टरनेट सेवालाई उपलब्ध गराइने छ ।
★    स्वास्थ्य सेवाहरुको रेकर्डिङ तथा रिपोर्टिङको लागि आवश्यक पर्ने फाराम रजिष्टर छपाइकमा लागि यथोचित वजेट व्यवस्थापन गरिने छ ।
★    स्वास्थ्य संस्थाहरुको नियमित अनुगमन तथा सुपरीवेक्षण कार्यलाई निरन्तरता दिइने छ ।
★    स्वास्थ्य संस्थाहरुको तथा स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्दि वा तालिम गर्नका लागि स्वास्थ्य संस्था मै कोचिङको लागि सम्वन्धित निकायहरुसंग समन्वय गरिने छ ।
★    रेकडिङ रिपोटिङ कार्यमा संम्लग्न स्वास्थ्य कर्मिलाई DHIS2 को तालिमको लागि प्रवन्ध मिलाइने छ ।


सामाजिक सुरक्षा कार्यक्रम
❖    राष्ट्रिय विमा कार्यक्रमलाई प्रसार प्रसार गरी थप प्रभावकारी बनाइने छ ।
❖    विमितहरुको संख्या वृद्दि गर्ने खालका समुदायस्तरमा क्रियाकलापहरु संचालन गरिनेछ । (घरदैलो कार्यक्रम, विमा दर्ता शिविरहरु)
❖    गरीवीको परिचय पत्र प्राप्त गर्न नसकेका विपन्न नागरीकहरुको विमाको लागि गा.पा./ न.पा. को तर्फवाट विमित गर्ने व्यवस्था मिलाइने छ ।
❖    विमितहरुको नियमित नवीकरणको लागि प्रोत्साहित गरिने छ ।

स्वास्थ्य शिक्षा / व्यवहार
★    समयानुकुल प्रभाव पार्ने रोगहरुको रोकथाम तथा व्यवस्थापनको लागि F.M. रेडियो पत्र पत्रिकाहरुमा सन्देश प्रवाहित गरिनेछ ।
★    स्थानीय स्तरमा हुने विशेष मेला तथा महोत्सवहरुमा स्वास्थ्य शिक्षा प्रवद्दर्दन गर्ने क्रियाकलापलाइ संचालन गरिनेछ ।
★    स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य शिक्षा कर्नरको अनिवार्यता गरिने छ ।
★    किशोर किशोरीहरु संग स्वास्थ्यकर्मी हरुको अन्तरकृया नियमित गरिनेछ ।
★    सम्पूर्ण स्वास्थ्य संस्थाहरुलाई किशोर किशोरी मैत्रि वनाइने छ ।
★    माध्यामिक शिक्षामा प्रजनन स्वास्थ्य का विषयहरुको कक्षा स्वास्थ्यकर्मी वाटै गरिनेछ । यसका लागि स्वास्थ्यकर्मी लाई उत्प्रेरीत गरिनेछ । खाजा खर्च व्यवस्थापन गरिने छ ।
★    समय समयमा स्वास्थ्यका विभिन्न विषयहरुमा सडक नाटक, दोहोरी गित, वक्तृत्वकला जस्ता प्रतियोगिता संचालन गरिने छ ।
★    स्वास्थ्यका महत्वपुर्ण दिवसहरु म.स्वा.से दिवस, एड्स दिवस, विश्व स्वास्थ्य दिवस, क्षयरोग दिवस, धुम्रपान विरुद्दको दिवस लाई अवसरको रुपमा मनाइने छ ।
★    सुर्तिजन्य पदार्थको नियमन एेन तथा नियमावलीको प्रभावकारी कार्यान्वयन गरिने छ, साथै यसका लागि वजार अनुगमनलाइ नियमित र प्रभावकारी गरिने छ ।  

निशुल्क औषधि तथा भण्डारण कार्यक्रम
★    औषधि, खोप तथा स्वास्थ्य सम्वन्धि सामाग्रीहरुको भण्डारणको लागि अत्याधुनिक भण्डारण कक्षको निर्माण कार्य शुरु गरिनेछ ।
★    स्वास्थ्य संस्थाहरुमा तथा वर्थिङ सेन्टरहरुको औजार उपकरणको खरीद तथा व्यवस्थापनको लागि उचित वजेट व्यवस्थापन गरिने छ ।
★    आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने निशुल्क औषधिहरुको उपलब्धतालाई सुनिश्चित गरिने छ । यसका लागि संघ, प्रदेश तथा अन्य निकायसंग समन्वय गरीनेछ । निशुल्क औषधि को लागि थप रु ...........................................ससर्त वाहेक विनियोजन गरिनेछ ।
★    गा.पा./ न.पा. वाट स्वास्थ्य संस्थाहरुमा औषधि तथा अन्य सामाग्रीहरुको दुवानी व्यवस्था मिलाइनेछ साथै केन्द्र तथा प्रदेशवाट जिल्ला मार्फट प्राप्त हुन आउने औषधिहरुको समेत ढुवानीको व्यवस्था मिलाइनेछ ।

राष्ट्रिय यौन तथा एडस नियन्त्रण  कार्यक्रम            
●    प्रारम्भिक जाँचमा शंकास्पद देखिएका बिरामीहरूलार्इ सुनिश्चित गरिने जाँचकाे सेवा पार्इने स्थान सम्म जानकाे लागी यातयात खर्चको ब्यबस्थापनको लागि पहल गरिने छ।
●    PLHIV हरूलाई उपचार केन्द्र (ART site) सम्म जान यातयात खर्चको  व्यवस्था गरिने छ।
●    एच.अार्इ.भि. प्रभावित बच्चाहरूकाे पाेषण तथा शिक्षाकाे लागी मासिक १ हजार रूपैया प्रदान गरिने क्रियाकलापलार्इ निरन्तरता दिर्इनेछ ।


जनसंख्या नीति
➢    विद्यमान आर्थिक, सामाजिक तथा लैङ्गिक असमानतावाट जनसंख्याको वृद्धि, संरचना, वितरण तथा वसाइसराई जस्ता जनसंख्या सम्वन्धि परिसूचकहरुको प्रभावलाई मध्येनजर गरि नीति तय गरिनेछ ।
➢    प्रजनन दर र मृत्युदरको अध्ययन गरिनेछ ।
➢    मातृ र शिशु मृत्युदर घटाइनेछ ।
➢    जेष्ठ नागरिकको रेखदेख , उपचार र सामाजिक सुरक्षा तथा यूवा जनशक्तिको वैदेशिक पलायनको उचित व्यवस्थापन अध्यान गरी स्थानीय स्तरमै रोजगारी सिर्जना गरिनेछ ।
➢    जनसंख्याको असमान वितरण,  आन्तरिक र वाह्य वसाइसराईको असर मूल्याङ्कन गरिनेछ ।
➢    लैङ्गिक असमानताको अध्यान गरिनेछ ।
➢    विद्यालय स्तरमा किशोर किशोरी साथि शिक्षा तथा यौन शिक्षा कार्यक्रम लागु गरिनेछ ।
➢    जनसंख्या पार्श्वचित्र ( Population Profile ) तयार गरी जनसंख्याका आधारमा योजना तर्जुमा गरिनेछ ।

अन्य
●    खानेपानी मुहान शुढृढीकरण तथा मुहानको संकलन केन्द्रको सुरक्षा गरी खानेपानीको गुणस्तर सुधार गरिने छ ।
●    आवश्यकता अनुसार मासिक तथा त्रैमासिक रुपमा खानेपानीको गुणस्तर सुधारकमा लागि  खा.पा. उपभोक्ता समितिलाई थप जवाफदेही वनाइने छ ।
●    जडिवुटि प्रशोधन केन्द्रको स्थापना गरिने छ । साथै आयुर्वेद सेवालाइ थप व्यवस्थित एवं विस्तार गरिने छ ।
●    स्वास्थ्य क्षेत्र एक वहुआयामिक क्षेत्र भएको हुदा हरेक विषयगत नीतिहरुमा स्वास्थ्यका लक्ष्यहरु हासिल हुनसक्ने नीतिहरु अवलम्बन गरिने छ।
●    स्वस्थ घर ,  स्वस्थ गांउ तथा स्वस्थ नगर जस्ता अभियानहरु संचालन गरिनेछ ।

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने