स्टार हस्पिटलले जेठ महिनाभर सञ्चालन गरेको ‘स्टार भ्रमण योजना’ फेरि एक महिना थप गरेको छ। यो योजना अब असार महिनाभर सञ्चालन हुने भएको छ।
'स्टार जाउँ, स्टार घुमौँ र स्टारलाई बुझौँ' भन्ने नारा रहेको यस योजनामा धेरैले सहभागिता जनाएका कारण फेरि सुरु गर्न लागिएको असपतालका सिअोअो डा सन्देश जिसीले जानकारी दिए।
अस्पतालका प्रवन्ध निर्देशक डा. शैल रुपाखेतीले यो योजना अवधिभर सहुलियत दरमा होलबडी चेकअप तथा हस्पिटलका सम्पूर्ण सेवाहरुमा आकर्षक छुट प्रदान गरिरहेको बताए।
अस्पतालले असार महिनाभर विहान ११ः०० बजेदेखि १ः०० बजेसम्म विशेषज्ञ चिकित्सकीय सेवा एक सय रुपैयाँमा प्रदान गर्ने सुविधा समेत ल्याएको छ।