मुख्य समाचार

अनशन बस्न जुम्ला पुगेका डा केसीलाई प्रशासनको अवरोध, निषेधित क्षेत्र तोकियो (पत्रसहित)

 विनोद शाही

जुम्ला– चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरुपमा तत्काल जारी गर्नुपर्ने माग राख्दै शनिबारबाट आमरण अनशन बस्न लागेका डा गोविन्द केसीलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले अवरोध सिर्जना गरेको छ।

डा केसीले अनशनका लागि यस पटक जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रोजेका हुन्। तर, डा केसीले अनशन सुरु गर्ने भनिएको प्रतिष्ठान परिसरलाई जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको छ। 

डा केसीको अनशन बिथोल्ने गरी प्रशासनले अनशन बस्ने अघिल्लो दिन शुक्रबार प्रतिष्ठान परिसरको २ सय मिटर वरिपरिको क्षेत्रालाई निषेधित क्षेत्र तोकेको हो। जिल्ला प्रशासनले यो सँगै थप दुई स्थानलाई पनि निषेधित क्षेत्र तोकेको छ। प्रशासनले जारी गरेको पत्र अनुसार प्रतिष्ठान परिसरसहित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको २ सय मिटर वरिपरिको क्षेत्रलाई पनि निषेधित क्षेत्र तोकिएको छ।

अनशनका लागि डा केसी शुक्रबार बेलुकी जुम्ला सदरमुकाम खलंगा पुगेका छन्।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको पत्र

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने