फिचर

विश्वकप हेर्न जसले क्लिनिकको समय अघि सारेका छन्


डा अनुप बास्तोला शुक्रराज ट्रपिकल एन्ड इन्फेक्सियस डिजिज हस्पिटल, टेकुमा कार्यरत छन्। डा बास्तोलाको जीवनमा पढाइपछि धेरै समय फुटबलसँग बितेको छ।

मोजाको बलबाट सुरु भएको उनको फुटबल प्रेम अहिले पनि उत्तिकै प्रगाढ छ । उनी बाल्यकाल सम्झिन्छन्, 'बल खेल्न भनेपछि खाली खुट्टै दौडने गर्थें साथीभाईसँग।'
पोखरामा हुर्केबढेका डा बास्तोला सानैदेखि टोलटोलमा फुटबल म्याच खेल्दै हिँड्थे । टोलटोलमा टिम हुन्थे । बास्तोलाको टिम प्राय पहिलो हुन्थ्यो । पुरस्कारमा राखिएका गिलास र कचौरा उनको टिमले धेरै नै जित्यो।

पढाइदेखि अन्य गतिविधिसम्म उनी अघि नै हुन्थे । फुटबल टिमको कप्तान मात्रै होइन, आफ्नो कक्षाका लिडर पनि उनी नै बनाइन्थे । लक्ष्मी आदर्श हाइ स्कुल  पोखरामा पढेका उनले फुटबल खेलेर थुप्रै मेडल जितेका छन्।

एसएलसीपछि केही समय उनीबाट फुटबल छुट्यो । किनभने डाक्टर बन्ने ध्याउन्नमा पढाइमै जोतिन थाले । एमबिबिएस नेपालगञ्ज मेडिकल कलेजबाट गरेका हुनले । त्यहाँ पढ्दा पनि उनले  फुटबल प्रतियोगितामा भाग लिए  । उनको टिम कलेज च्यापियन भयो । उनी फुटबलमा शाररिक अभ्यासका साथै रणनीति महत्वपूर्ण हुने कुरामा सानैदेखि विश्वास गर्थे । त्यसैले आफूभन्दा बलिया र ठूलासँग जित्न उनी रणनीति बनाउँथे । त्यही अनुसार उनको टिम खेल्थ्यो र जित्थ्यो।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालबाट एमडी गरे । त्यहाँ पढ्दा भने फुटबल उनीबाट छुट्यो । क्लिनिकल ट्रोपिकल मेडिसिन अध्ययनका लागि थाइल्यान्डको बैंकक गएका बेला भने उनलाई फुटबल खेल्ने मौका मिल्यो । ‘बैंककमा हाम्रो टिमले उपाधि नै जितेको थियो,' उनी सम्झिन्छन्।

उनी सन् १९८६ देखि अर्जेन्टिनी फुटबलर म्याराडोनाका फ्यान भए । त्यो समय आफैंले बुझेर भन्दा पनि उनका दाईहरुले कुरा गरेर सुनेर फ्यान भएका हुन् पछि म्यारोडोनाका यतिसम्मका फ्यान भए कि खेल्ने स्टाइलसम्म कपी गर्थे । उनले हाँस्दै भन्छन्, ‘ठूलो भएपछिम्याराडोनाको स्टाइलमा गोल हान्ने प्रयास पनि खुब गरियो।’

विश्वकप उनी निरन्तर हेरिरहेका छन् । उनी भन्छन्, 'विश्वकपअघि अबेरसम्म क्लिनिकलाई समय दिइरहेको हुन्थेँ । अहिले यसैका लागि क्लिनिकको टाइम अगाडि सारेको छु।'

उनी अर्जेन्टिनाको समर्थक हुन् । सन् २०१४ मा जर्मनीसँग फाइनलमा अर्जेन्टिना पराजित हुँदा मन दुखाउने समर्थक मध्येका एक उनी पनि हुन् ।
विश्वकप सधैं अर्जेन्टिनाको समर्थक भएर हेरे । तर, उनले बुझेर फुटबल हेरेदेखि अर्जेन्टिनाले विश्वकप उचाल्न सकेको छैन।

अहिले परिवारसँग बसेर विश्वकप हेरिरहेका छन् । अघिल्ला विश्वकपहरु भने उनी होटेलदेखि बाटोमै प्रोजेक्टर लगाएर साथीभाईसँग हेरिरहेका हुन्थे ।

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने