विचार/ब्लग

चिकित्सा विज्ञानमा जरुरी छ ज्ञानको संयोजन

 डा प्रकाश बराल

ज्ञान र विज्ञानको संयुक्त प्रयासबाट विचारको सवलीकरण भई प्रविधी उच्चकोटीको हुनजान्छ र त्यसले दिने प्रतिफल सकरात्मक, गुणस्तरिय र प्रभावकारी हुन्छ। 

ज्ञानको संसार वृहत रहेको छ र यो सीमाहीन छ। अझ भनौं यो अनन्त छ। प्रकृतिका नियमहरु र प्रकृतिका अंशहरुबीच हुने अन्तरक्रिया र त्यसका परिणामको खोज विज्ञानका परिधी हुन्। यसबाट के पुष्टि हुन्छ भने विज्ञान ज्ञानको एक अध्याय मात्र हो। 

ज्ञान र विज्ञानलाई चिकित्साको आँखाबाट हेर्दा मूलतः चिकित्सा एक विज्ञान हो। जसलाई चिकित्सा विज्ञान पनि भन्ने गरिन्छ। चिकित्सक चिकित्सा विज्ञानका साधकहरु हुन। चिकित्सक दुई प्रकारका हुन्छन्, साधारण चिकित्सक र प्राज्ञ चिकित्सक। साधारण चिकित्सकले विज्ञानका सूत्र मात्र अनुसरण गर्दछन् भने उनिहरुमा सामान्यत विज्ञानको सूत्रमा ज्ञानको संश्लेषण गर्ने क्षमताको विकास भएको हुँदैन। त्यस्ता चिकित्सकले बिरामीसँग सोधपुछ, रोगको पहिचान, प्रयोगशाला परीक्षण र औषधी दिने गर्दछन्। उनीहरुमा रोगले बिरामीमा पार्ने मानसिक, सामाजिक र शारिरिक प्रभाव, ठाउँ वर्ण जाती अनुसार रोगको चरित्रमा देखापर्ने भिन्नता, रोगको उन्मुलनको लागि अवलम्वन गर्न सकिने उपायहरु, रोगले  पारिवारिक र राष्ट्रिय अर्थतन्त्रमा पार्ने प्रभाव आदिजस्ता वहुआयमिक पक्षको विश्लेषण र संश्लेषण गर्ने विद्वताको कमी हुन्छ। 

ज्ञान जीवको तेस्रो आँखा हो। जुन आफैँमा अलौकिक हुन्छ। स्वास्थ्य विज्ञानलाई ज्ञानको आँखाबाट दृष्टिगोचर गर्न चिकित्सकमा अपार ज्ञान हुन आवश्यक छ। यसको लागि प्राज्ञ चिकित्सक बन्नु पर्दछ। प्राज्ञ चिकित्सक बन्न ठूलो साधना आवश्यक पर्दछ। उसले यस संसारमा भएका स्वास्थ्य अनुसन्धान सम्बन्धि जानकारी राख्दै अनुसन्धानको नतिजाको समालोचना गर्नसक्नु पर्दछ।

अनुसन्धानको माध्यामबाट रोगको बहुआयमिक पक्षमा ( जो अघिल्लो हरफमा व्यक्त गरिसकिएको छ ) जानकारीहरु हासिल गर्ने, त्यसलाई स्वास्थ्य विज्ञानको सभा सम्मेलनमा प्रस्तुत गर्ने, अनुसन्धानमूलक पत्रपत्रिकामा प्रकाशित गर्ने आदी  गर्न सक्नुपर्छ। स्वास्थ्य क्षेत्रमा हासिल गरिएका नविनतम सूचनाहरु अन्य स्वास्थ्यकर्मी तथा स्वास्थ्यविज्ञहरु समक्ष पु¥याई उनीहरुलाई सूचित गराउनुपर्छ। साथै स्वास्थ्य विज्ञानका विद्यार्थीहरुलाई अध्यापन गराई उनीहरुको ज्ञानमा निखार ल्याई वढी भन्दा वढी स्वास्थ्य विज्ञानका गुणस्तरीय अनुयायी उत्पादन गर्ने व्यक्ति वास्तविक प्राज्ञ चिकित्सक हुनसक्छन्। 

साधारण चिकित्सक र प्राज्ञ चिकित्सकको अवधारणालाई स्पष्ट रुपमा वुभ्mनको लागि सामान्य उदाहरणको सहायता पनि लिन सकिन्छ। 

एउटा आर्थिक रुपले कमजोर ४० वर्षको व्यक्ति दुर्घटनामा साधरण रुपले हात भाच्चियो। अस्पतालमा उसलाई चिकित्सकले विभिन्न रिपोर्ट हेरी अप्रेशन गरी हड्डीलाई धातुको प्लेट राख्नुपर्ने भन्दै खर्चको व्यवस्था गर्नको लागि सुझाए। बिरामीको आर्थिक अवस्था कमजोर भएकोले शल्यक्रिया गर्ने, धातुको प्लेट किन्न सक्ने क्षमता थिएन। बिरामी उपचार गर्न नसकेकाले निकै तनावमा परे। 
चिकित्सकले विज्ञानको सूत्र प्रयोग गरेर रोगको पहिचान गरी उपचारको विधी पनि बताए तर उनले निम्न कुराको बारेमा ध्यान दिएनन् वा दिन सकेनन् : 
- दुर्घटनाले गरिव बिरामीको हातको हड्डी भाचिनाले उसमा कस्तो शारिरिक, मानसिक असर परेको छ ? 
- दुर्घटनाले उसको परिवारलाई कस्तो आर्थिक प्रभाव परेको  छ ? 
- बिरामीको अशक्तताले समाज र राष्ट्रिय उत्पादनमा कस्तो प्रभाव पार्न सक्छ ? 
- के शल्यत्रिाया मात्रै अन्तिम उपचार विधी हो ( जुन गरिब बिरामीको आर्थिक हैसियत अनुसारको छ÷छैन )

प्राज्ञ चिकित्सकले उक्त बिरामीको उपचार गर्दा भने निम्न पक्षहरुको पहिचान गर्दै आवश्यकता अनुसारको विधि अवलम्वन गर्न सक्छन् ? 
- भाँचिएको हड्डीको सबैैैैै  बैकल्पिक उपचार विधिहको सूची तयार गर्दै तिनिहरुको प्रतिफल विश्लेषण गर्दछन्। 
- बिरामीको आर्थिक अवस्थाको जानकारी लिँदै हैसियत अनुसारको उपचार विधिको छनौट गर्ने। ( यस अवस्थामा बिरामीको हड्डी साधरण रुपले भाँचिएकोले साधरण प्लाष्टर गरेर हड्डी जोड्ने उपचार विधि छनौट गरिन्छ।) 
- बिरामीको आर्थिक अवस्था अनुसारको औषधीहरु चयन गर्ने।
- बिरामीको पारिवारिक आर्थिक वोझ कम गर्ने, बिरामीलाई चाँडो भन्दा चाँडो काम गर्न सक्ने बनाउन पुर्नस्थापना उपचार विधिको पनि अवलम्वन गर्ने। 
- बिरामी र बिरामीको परिवारसँग निरन्तर अन्तरक्रिया गर्ने।
-  बिरामीको समस्यालाई आप्mनै समस्याको रुपमा लिई उनिहरुको कठिनाईलाई अनुभूत गर्ने। 

प्राज्ञ चिकित्सकले वैकल्पिक उपचारको प्रभावकारितालाई अनुसन्धानको दायरामा ल्याउँछन् र निम्न वर्गीय परिवारलाई कसरी उपचारको पहँुचसम्म पु¥याउन सकिन्छ भन्ने चिन्तन मनन गर्दै आवश्यक योजना निर्माण गरी कार्यान्वयन गर्दछन। माथि उल्लेख गरिएका कुराहरुले प्राज्ञ चिकित्सक हुन अपार ज्ञानको आवश्यकता पर्दछ। नाम मात्रको प्राज्ञ एउटा पक्ष हो तर वास्तविक प्राज्ञ बन्न कडा मेहनेत, तेजिलो दिमाग र कर्मप्रति निरन्तर समर्पण हुनु पर्दछ। 

सामान्य तरिकाले साधरण चिकित्सकको मूल्यांकन गर्नु आवश्यक देखिन्छ। साधरण चिकित्सकले विज्ञानको एउटा मात्र सूत्र लागु गर्न खोजे। उनि वेठिक कुनै तरिकाले पनि होइनन्। उनलाई उपचारको एउटा मात्र विधि थाहा भएको हुनसक्छ। विज्ञानलाई ज्ञानको लेपन लगाइदियो भने मात्र त्यसमा सुगन्ध भेटिन्छ भन्ने कुराको ज्ञान उनमा नहुन सक्छ। ज्ञानले मानिसलाई परिस्कृत, सृजनशिल बनाउँदै नविनतम सोचमा उत्प्रेरित गर्दछ। विज्ञानले प्रकृतिमा आपूmले गरेका खोजहरुको परिणाम अनुसार कर्म सूत्रको आविश्कार गर्दछ। ती वैज्ञानिक सूत्रहरु संस्कार एवं संस्कृृति अनि वर्ग निरपेक्ष हुन्छन्। विज्ञानका सूत्रहरुको प्रयोगलाई संस्कार, संस्र्कति र वर्ग सापेक्ष बनाउने काम ज्ञानको हो। 

ज्ञान र विज्ञान अवधारणालाई अझ स्पष्ट पार्नको लागि एउटा व्यवाहरिक उदाहरणको सहयोग लिन सकिन्छ। 

मनव शरीरको पिसावथैलीमा मिर्गौलामा वनेको पिसाव जम्मा भइरहेको हुन्छ। जव पिसावथैलीमा पिसाव भरिन्छ त्यो वेलुनमा पानी भरिए जसरी फुल्दछ। जव पिसाव थैली फुलेर ठूलो हुन्छ पिसाव फेर्न मन लाग्छ। यसमा विज्ञानको सूत्र के हो भने पिसाव थैलीमा पिसाव भरिएपछि यो फुल्दछ र यसले स्नायुरेखा मार्फत पिसावको नियन्त्रण कक्ष ( मेरुदण्ड भित्रको स्नायू तन्तुमा हुन्छ ) मा सन्देश पुर्‍याउछ र नियन्त्रण कक्षले पिसाव जान दिनु भन्ने आदेश पिसाव थैलीलाई स्नायुरेशा मार्फत पठाउँछ जसको कारण पिसाव थैली खुम्चिन्छ र पिसाव नलीका द्वारहरु खुल्छन् र पिसाव बग्न थाल्छ।

बच्चा, मानसीक रोगी, वृद्धवृद्धा जसको दिमाग पूर्ण र सामान्य अवस्थामा रहेको हुँदैन त्यहाँ ज्ञान वा चेतनाको वलियो उपस्थिति हुन सक्दैन किनकी ज्ञान दिमागमा रहने विषय हो। दिमागमा ज्ञान नभएपछि स्थिति अनुकुल नभएपनि पिसावथैली भरिनासाथ पिसाव वाहिर वग्न थाल्दछ। त्यसैले वच्चाहरु, मानसिक रोगी र वढ्यौली अशक्तहरु जहाँ पायो त्यही पिसाव फेरिदिन्छन् तर स्वस्थ व्यत्ति, जसको दिमाग सामान्य र पूर्ण हुन्छ। उसमा शौचालयमा पिसाव फेर्ने ज्ञान हुन्छ र उसले पिसावथैली भरिएको थाहा पाएपछि शौचालयको खोजी गर्न थाल्दछ।

दिमागमा रहेको ज्ञानले पिसावको नियन्त्रण कक्षलाई स्थिति अनुकुल नभएसम्म पिसावथैलीमा पिसाव रोकेर राख्नु। साथै दिमागको ज्ञानले पिसावथैली भरिएकोले सौचालय वा अरु उपयुक्त स्थानको खोजी गर्नु भन्ने निर्देशन पनि दिने गर्दछ। यो प्रसंगबाट ज्ञान वा चेतनाले विज्ञानको क्रियालाई मार्गनिर्देशन वा नियन्त्रण गर्दछ भन्ने कुरालाई थप पुष्टी गर्न सकिन्छ। 

चिकित्सा विज्ञानमा ज्ञान र विज्ञानको भूमिका चर्चा गर्दा चिकित्सा आफँैमा एउटा विज्ञान हो। जुन ज्ञानको संयोजनमा विश्वका सम्पूर्ण बिरामीको पहुँचमा उपचार पुग्दै बिरामीको मुहारमा कान्ती फैलाउने काम गर्दछ। कथंकथाचित चिकित्सा विज्ञानमा ज्ञानको संयोजन हुन सकेन भने चिकित्सा क्षेत्र स्वार्थका दलदलमा फस्दछ र केही सिमित धनी बिरामीको पहुँचमा मात्र पुग्दा आम गरीव बिरामीको पहुँचबाट टाडा पुग्दछ।

सच्चा प्राज्ञ चिकित्सकले यस विषयमा अग्रणी भूमिका खेल्न जरुरी भएको छ। नाम मात्रको प्राज्ञ चिकित्सक र साधरण चिकित्सक चिकित्सा विज्ञानमा पूर्ण रुपको जनशक्ति उपस्थित हुन सक्दैनन्। साधारण तथा नाम मात्रका प्राज्ञ चिकित्सकलाई नियम बनाई सुरुमा ज्ञान दिने ज्ञान दिएर पनि नवुझेमा वा उपचारमा अनुसरण नगरेमा चिकित्सा अभ्यासबाट नै विदा गर्नुपर्नेसम्म सोच्ने बेला आइसकेको छ। 
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने