काठमाडौं– राजधानीमा आजदेखि नेसनल इन्फ्लुएन्जा सेन्टरहरुको १२ औँ सम्मेलन सुरु भएको छ। 11 संगठन र स्वास्थ्य मन्त्रालयको सहकार्यमा आयोजना गरिएको सम्मेलन तीन दिन चल्नेछ।
कार्यक्रमको उद्घाटान गर्दे उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले नेपालले इन्फ्लुएन्जाको समस्यालाई गम्भिर रुपमा हेरेको बताउँदै यसलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। बुधबार बिहान उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
सम्मेलनमा इन्फ्लुएन्जाले विश्वमा पारेको प्रभावको बारेमा प्रकाश पारिनुका साथै यसले निम्त्याउने जोखिम तथा समाधानको विषय, खोपको प्रयोगमाथि पनि छलफल चलाइनेछ।
बैठकमा विभिन्न देशका जस्तै बंगलादेश, भुटान, भारत, श्रीलंका, थाइल्याण्ड, चीन, मलेसिया आदिका प्रतिनिधिहरु सहभागी भएका छन्।