समाचार

डा केसीको जीवनरक्षाको माग गर्दै अछाममा प्लेकार्ड प्रदर्शन


काठमाडौं– चिकित्सा क्षेत्र सुधारका लागी १५ औँ पटक अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा बयालपाटा अस्पतालमा कार्यरत कर्मचारीहरुले प्ले कार्ड प्रदर्शन गरेका छन्।

डाक्टर केसीले उठाएका रहेक मुद्धाहरु आम ३ करोड नेपाली जनताको पक्षमा रहेको भन्दै अस्पतालमा कार्यरत सबै कर्मचारीले हात–हातमा प्ले कार्ड लिएर आज उनको सर्मथन जनाएका हुन ।

डा केसीको जीवनरक्षाका लागी नैतिक सर्मथन स्वरुप प्ले कार्ड प्रर्दशन गरिएको बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर सन्तोष कुमार ढुंगानाले बताए।

‘सुदूरपश्चिममा मेडिकल कलेजको काम तत्काल अगाडि बढाउनुपर्ने, मेडिकल शिक्षा सबैका लागी समान हुनुपर्ने, डाक्टर केसीको जीवनरक्षा गर’ भन्ने लगायतका नारा लेखेर प्लेकार्डहरु प्रर्दशन गरिएका थिए ।

डाक्टर केसीले उठाएका मागहरुमा ऐक्बद्धता जनाउँदै निर्देशक ढुंगानाले उजँका मागहरु सुनुवाई गर्न सरकारलाई आग्रह समेत गरेका छन्। डाक्टर केसी १३ दिन देखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनसरत छन्।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने