काठमाडौं– सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’लाई बिहीबार प्रतिनिधिसभामा पेश गर्दै छ। चाँडै विधेयक पारित गर्नुपर्ने भएकाले तत्काल प्रक्रियामा लग्ने तयारी सरकारले गरेको हो। शिक्षामन्त्री गिरिराजमणी पोखरेलले उक्त विधेयक संसदमा पेश गर्नेछन्।
शिक्षामन्त्रीले विधेयक पेश गर्नुअघि विधेयकमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट सांसद गगन थापाले दर्ता गराएको विरोधको सूचना पेश हुनेछ।
संसदमा शिक्षामन्त्रीले विचार गरियोस् भनि प्रस्ताव पेश गरेपछि मात्रै सैद्धान्तिक छलफल हुनेछ।
लाइभ भिडियाे: