मुख्य समाचार

म अझै त्रसित छु - अस्पतालबाट 'अपहरण शैली'मा गृह मन्त्रालय पुर्‍याइएका डाक्टर अधिकारी

 

काठमाडौं– गलत रिपोर्ट नबनाएको निहुँमा ‘अपहरण शैली’मा गृह मन्त्रालय पुर्‍याइएका डा भोजराज अधिकारीले आफू अझै त्रस्त रहेको बताएका छन् । बिहीबार ४:१५ बजे स्वास्थ्य खबरको लाइभ अन्तर्वार्तामा उनले त्रसित मनोदशामा पटक–पटक दोहो¥याए– नेपाल हो, जे पनि हुन सक्छ।

द्वन्द्वकालमा  घाइते भएकाहरुको अपांगता सर्टिफिकेट उनीहरुले चाहेअनुसार नबनाइदिएपछि आफूलाई गृह मन्त्रालय पु¥याएर दुव्र्यवहार गरिएको उनले बताएका छन् । मंगलबार उनलाई गृहमन्त्री थापाका राजनीतिक सल्लाहाकार सूर्य सुवेदी पथिकले आफूले भनेअनुसारको रिपोर्ट बनाउन मन्त्रालय बोलाएर दबाब दिएका हुन्।  डा अधिकारीकहाँ आइपुगेका केही घाइतेलाई आफू सरकारी कार्यविधि भन्दा बाहिर नजाने बताएपछि उनी कार्यरत ट्रमा सेन्टरमै दुव्र्यवहार भएको थियो । उनले कुराकानीका क्रममा भने, ‘साढे १२ तिर ८÷१० जना आएर मेरो काठाको चुकुल लगाए । उनीहरुले हामीले जे भन्छौं, त्यही लेख्न भनेर दबाब दिए ।’

आफूले नियम बाहिर गएर काम नगर्ने बताएपनि उनीहरुले दबाब दिइरहेको र खान नखाएको बहानामा फुत्किएको बताए । त्यसपछि गृहमन्त्रालयबाट तुरुन्तै त्यहाँ आइपुग्न फोन आएको उनी बताउँछन् । बिरामी हेर्न बाँकी रहेको र गाडी नभएकाले आउन असमर्थ बताउँदा मन्त्रालयबाट गाडि पठाएर लिइएको उनले जानकारी गराए । ‘गिरफ्तार हो कि के हो भनेर मैले सोधें,’ उनले भने, ‘सोधपुछ हो भनेर गाडीमा हालेर लगियो ।’

मन्त्रालय पुगेपछि भने झन्डै दुई घन्टा कुराएको र दुव्र्यवहार गरेको उनले कुराकानीमा बताए । उक्त घटनाले आफूलाई त्रस्त बनाएको बताउँदै उनले भने, ‘ममाथि जे पनि हुन सक्छ । तर मलाई मात्रै होइन, अरुलाई पनि परेको होला भनेर घटना बाहिर ल्याएको हुँ ।’

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

Pawan लेख्नुहुन्छ असार ३२, २०७५ सोमवार २३:१५:५८
Naazi in nepal naachi naachi

यसमा तपाइको मत




पढ्नै पर्ने