काठमाडौं – थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले विगत वर्षमा झैं यो वर्ष पनि शिशु प्रदर्शनी गर्ने भएको छ।
अस्पतालले आगामि भदौ १ गते ५६ औं श्रृंखलाको शिशु प्रदर्शन गर्ने लागेको हो।
प्रदर्शनी अस्पतालमा बिहान ९ बजेदेखि हुने अस्पताले जनाएकोे छ। प्रदर्शनमा १ वर्षसम्मका शिशुले भाग लिन पाउने छन्।
प्रदर्शनीमा सहभागि गराउ चाहने अभिभावकले असार आज शुक्रबारदेखी साउन २७ गते सम्म दरखास्त दिनु पर्ने हुन्छ।
दरखास्त बिहान ९ देखि २ बजेसम्म अस्पतालको नगद काउन्टरमा गर्नुपर्ने हुन्छ। दरखास्तका लागि एक सय रुपैयाँ लाग्ने छ।
प्रदर्शनीमा उत्कृष्ट हुने शिशुलाई भदौ १७ गते अस्पतालको वार्षिकोत्सव कार्यक्रममा पुरस्कार र प्रमाणपत्र दिइने छ।