काठमाडौं - सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको नयाँ संगठन संरचना पारित गरेको छ। संघीय स्वास्थ्य मन्त्रालय अन्तर्गत रहने गरि मन्त्रिपरिषदले केन्द्रको संगठन संरचना पारित गरेको हो।
मन्त्रिपरिषद्बाट पारित भएको नयाँ संरचना अनुसार केन्द्रको दरवन्दी घटाइएको छ। विगतमा केन्द्रमा ५३ जनाको दरबन्दी थियो। मन्त्रीपरिषदले अहिले उक्त दरबन्दी घटाएर ३३ मा झारेको छ। केन्द्रमा ११औं तहका निर्देशक रहनेछन्।
नयाँ संगठन संरचना अनुसार केन्द्रमा ४ शाखा रहनेछन्।
यी हुन् ४ शाखा
अनुगमन, मुल्याङ्कन, निगरानी तथा अनुसन्धान शाखा
क्षयरोग उपचार शाखा
औषधि प्रतिरोधी क्षयरोग उपचार शाखा
प्रशासन तथा आपूर्ति व्यवस्थापन शाखा