नेपालगन्ज – नेपालगन्जको भेरी अञ्चल अस्पतालमा मुटुरोगको उपचार सेवालाई विस्तार गर्दै एन्जियोग्राफी परिक्षण सेवा सुरु गरिएको छ।
अस्पतालका प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा कृष्ण अधिकारी र डा बिपिन आचार्य, स्टाफ नर्स रेलुशा खत्री, रेडियोग्राफर सीता राना क्षेत्री सहित ५ जनाको टोलीले कञ्चनपुर दोधाराका मुटु रोगी अशोक सुनारको एन्जियोग्राफी गरेर सेवा सुरु गरको हुन्।
अस्पतालमा क्याथ ल्याब जडान भएपछि अस्पतालले मुटुका बिरामीहरुको उपचार सेवालाई विस्तार गर्ने क्रममा एन्जियोग्राफी परीक्षण सेवा सुरु गरिएको हो ।
छाती दुख्ने, मुटुको चाल गडबडी भएका, ह्दयाघात भएका बिरामीहरुमा एन्जियोग्राफी गरेर मुटुको नशामा भएको अवरोध पत्ता लगाइने अस्पतालका प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा अधिकारीले बताए ।
एन्जियोग्राफीसँगै अस्पतालले मुटुका बिरामीहरुमा अस्थायी पेसमेकर राख्ने सेवा पनि सुरु गरेको छ।
करिब ६ करोड ५० लाखको लागतमा क्याथ ल्याब जडान भएपछि अस्पतालले एन्जियोग्राफी र अस्थायी पेसमेकर राख्ने सेवा सुरु गरेको हो।
भेरी अञ्चल अस्पतालले २०७३ साल देखि कार्डियोलोजीको ओपिडि संचालन गरे पछि गरे पछि लाभान्बित भएका बिरामीहरु एन्जियोग्राफी परिक्षण र अस्थायी पेश मेकर राख्ने सेवा बिस्तार भए पछि लाभान्बित भएका छन्।
अस्पतालले काठमान्डौ स्थित गंगालाल अस्पतालसंग सहकार्य गरेर क्याथ ल्याब जडान गरी गंगालाल अस्पतालले लिने बराबरकै शुल्क लिएर बिरामीहरुको एन्जियोग्राफी परिक्षण सेवा सुरु गरेको डा अधिकारीले बताए।
भेरी अस्पतालले एक जना बिरामीको एन्जियोग्राफी परिक्षण गरे बापत १२ हजार शुल्क लिने गरेको छ।
भेरी अंचल अस्पतालमा आउने मुटुरोग सम्बन्धी बिरामी मध्ये करिब ७० प्रतिशत उच्च रक्तचाप सम्बन्धी बिरामी रहका छन । त्यसै गरी मुटुको नशा साधुरो भएका र हाड फेलर सम्बन्धी समस्या भएका बिरामीहरु पनि करिब १० ÷१० प्रतिशतको हारहारीमा छन्।
त्यसै गरी जन्मजात मुटुको समस्या भएका , मुटुको चालमा गडबडी भएका, मुटुको बरिपरी पानी भरिएका, मुटुको बाथ रोग सम्बन्धी समस्या भएका बिरामीहरु रहेका छन्।