काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)ले वार्तामार्फत डा केसीले उठाएका मागमा निष्कर्षमा पुग्न सुझाब दिएको छ। पार्टीले मानवियताको ख्याल गर्न सरकारलाई अनुरोध समेत गरेको छ।
राजपा अध्यक्ष मण्डलको मंगलबार बसेको बैठकले डा केसीको मागहरुप्रति आ–आफ्नो दृष्टिकोण हुनसक्ने र सहमत वा असहमति राख्न सकिने भएता पनि मानवीय संवेदनशीलतालाई ख्याल गर्न आग्रह गरेको एकजना अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए।
'हामीले पहिलेदेखि नै वार्ता हुनुपर्छ भन्दै आएका हौ', महतोले भने, 'जायज मागहरु पूरा गर्नुपर्छ। डा केसीको जीवनरक्षा हुनुपर्छ।'
राजपा सदैव सत्याग्रहको पक्षमा रहेको महतोले बताए।