विश्व स्वास्थ्य

फिलिपिन्समा सयौं आमाले गराए एकसाथ स्तनपान


एजेन्सी– फिलिपिन्सका सयौं आमाहरुले एकसाथ आफ्ना सन्तानहरुलाई स्तनपान गराएका छन् । आइतबार स्तनपान सप्ताहका सन्दर्भमा सरकारले गरेको कार्यक्रमलाई समर्थन गर्दै उनीहरुले सामूहिक स्तनपान गराएका हुन्।

झन्डै १५ सय महिलाहरुले फिलिपिन्सको राजधानी मनिलास्थित मनिला स्टेडियममा आफ्ना सन्तानलाई स्तनपान गराउनुका साथै नृत्य गरेका थिए ।
‘स्तनपान प्रेम हो । यो गाह्रो छ तर प्रेमलका लागि हामीले गरिरहेका छौं,’ ३८ वर्षीया एजेगर्ल लिमजापले भनिन् । सुपरहिरोको पहिरनमा रहेका उनीले दुई छोरालाई एकसाथ स्तनपान थराइरहेकी थिइन्, एक पाँच वर्षका थिए भने अर्को ११ महिनाका।

सन्तानलाई आमाको दूध खुवाउन प्रेरित गरिरहेको सरकारलाई यसले सहयोग पुर्‍याउने आयोजक रोज पडुवाले बताए।  

विश्व स्वास्थ्य संगठनले बच्चालाई जन्मेको पहिलोघन्टादेखि ६ महिनासम्म विशेग स्तनपान गर्न सुझाएको छ।

विश्वमा पाँचमा तीनबच्चाले जन्मिनेबित्तिकै दूध चुस्न पाउँदैनन् । जन्मेको एक घन्टाभित्र स्तनपान गर्न नपाउने बच्चाहरुको मृत्यु हुने सम्भावना उच्च रहने  डब्लुएचओले जनाएको छ।

फिलिपिन्समा प्रति एक हजारमा २७ बच्चाको पाँच वर्ष नपुगी मृत्यु हुने गरेको डब्लुएचओले उल्लेख गरेको छ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने