काठमाडाैँ- उपप्रधानमन्त्री तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका जनस्वास्थ्य विज्ञमा रुपमा डा.(कृष्णकुमार) केके राई नियुक्त भएका छन्। मंगलबार मन्त्री यादवले उनलार्इ जनस्वास्थ्य विज्ञका रुपमा नियुक्त गरेका हुन् ।
लामो समय स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेर उनले काम गरेका छन्। स्वास्थ्य सेवाबाट अलग्गिएपछि उनी राजनीतिमा सक्रिय छन्। संघीय लोकतान्त्रिक फोरममा रहेर राजनीति गरिरहेका उनी गत निर्वाचनमा प्रतिनिधी सभा सदस्यका लागि उम्मेदवार बनेर पराजित भएका थिए।
मन्त्री यादव स्वास्थ्य मन्त्रीमा नियुक्त भएदेखि नै मन्त्रीका सल्लाहकारका रुपमा सक्रिय डा रार्इले औपचारिक नियुक्ति मंगलबार पाएका हुन्।