मुख्य समाचार

साउनभरको हाजिर गरेर बेपत्ता स्त्रीरोग विशेषज्ञ डा राईलाई कारबाही सिफारिस


जाजरकोट- महिना बित्नु अगावै हाजिर गरेर बेपत्ता हुने चिकित्सकलाई स्थानीय प्रशासनले कारबाहीका लागि सिफारिस गरेको छ। 

जाजरकोट जिल्ला अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा पूर्णिमा राईले साउनभरिको हाजिर गरेर जिल्ला छाडेको समाचार प्रकाशित भएपछि उनलाई कारबाही प्रक्रिया अघि बढाएको हो। 

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाको नेतृत्वमा उक्त अस्पतालमा गरेको छड्ने अनुगमनमा अस्पताल प्रमुखलाई जानकारी नै नदिई हाजिर कापीमा साउनभरिको हाजिर जनाई उनी नेपालगन्ज गएको पाइएको छ। उनलाई स्वास्थ्य सेवा ऐनअनुसार कारबाहीका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतस्थित स्वास्थ्य सेवा निर्देशनालय र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय लगायतमा लिखित पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले बताए।

उनले जिल्ला छाडेपछि प्रसूति लगायत स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा ठप्प छ। दुई वर्षअघि नै १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति गरिएको उक्त अस्पतालमा ९ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हालसम्म विशेषज्ञ सेवा सुरु हुन सकेको छैन।रासस

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने