काठमाडौं– सानेपास्थित स्टार हस्पिटल र मेगा बैंकबीच सहकार्य गर्ने सम्बन्धको सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
सम्झौतामा स्टार हस्पिटलको तर्फबाट अस्पतालका सिओओ डा सन्देश जिसी तथा बैंकका तर्फबाट सिबिओ महेश शर्मा ढकालले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार स्टार हस्पिटलले मेगा बैंकका ग्राहक तथा ग्राहकका परिवारलाई उपचार खर्चमा छुट प्रदान गर्ने छ। छुट सुविधा प्राप्त गर्न सेवाग्राहीहरुले बैंकको प्रिभिलेज कार्ड, डेविट कार्ड वा क्रेडिट कार्ड मध्ये कुनै एक देखाउनुपर्नेछ।
स्टार हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्र र पेशामा आवद्ध जनसमुदायहरु सर्वशुलभ र उत्कृष्ट स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था सृजना नहोस् भन्ने उद्देश्यका साथ यस किसिमको सहकार्य गर्दै जाने आस्पतालका व्यवस्थापक हरि ढकालले बताए।