काठमाडौं– दुर्गम क्षेत्रमा सेवा गरेकोमा डा रुपचन्द्र विश्वकर्मा सम्मानित भएका छन् । बाजुरामा जिल्ला अस्पतालमा कार्यरत विश्वकर्मालाई दर्नाल अवार्ड सोसियल जस्टिकबाट सम्मानित गरिएको हा । डा विश्वकर्मालाई डा भगवान कोइरालाले कदरपत्र सहित सम्मान गरेका हुन्।
सन् २०१८ को ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड’ बैतडीकी अभियन्ता सरस्वती नेपालीले प्राप्त गरेकी छिन्।
बुधबार राजधानीको राष्ट्रियसभा गृहमा एक विशेष समारोहबीच दलित समुदायका लागि सामाजिक न्यायको क्षेत्रमा पुर्याएको योगदानको सम्मान र कदर गर्दै नेपालीलाई यस वर्षको अवार्ड प्रदान गरिएको हो । उनलाई नगद पाँच लाख रुपैयाँ र कदरपत्रसहित सम्मान गरिएको हो ।
‘दर्नाल अवार्ड’ आम मानिसले समाज परिवर्तनका लागि गरेका प्रेरणादायी र अनुकरणीय कार्यको सम्मान गर्ने उद्देश्यले सामाजिक न्यायका अभियन्ता सुभाष दर्नालको सम्झनामा स्थापित अन्तर्राष्ट्रिय स्तरको पुरस्कार हो ।
दर्नाल अवार्ड अन्य अभियन्ताहरूमा डडेल्धुराका कलावती भाँड, सिरहाका अरुण सदा, दैलेखका पार्वतीकुमारी विशुन्के र बर्दियाका दिलिप गन्धर्व समेत कदरपत्र प्रदान गरेको छ।
दर्नाल अवार्ड समारोहमा कलावती भाँडलाई राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले , संस्कृतिविद् सत्यमोहन जोशीले दिलिप गन्धर्वलाई , अरुण दासलाई ल्यामबहादुर दर्जीले , पार्वती कुमारी विशंखेलाई मिठाइदेवी विश्वकर्माले सम्मानित गरेका थिए।