समाचार

गंगादेव गाउँपालिकामा सामुदायिक औषधी पसल सञ्चालन



राेल्पा-  राेल्पाकाे  गंगादेव गाउँपालिकामा  सामुदायिक औषधी पसल  सञ्चालनमा अाउने भएकाे छ।

गंगादेव गाउँपालिका वडा नं २ मा रहेको जिनाबाङ स्वास्थ्य चौकीमा गाउँपालिकाको ५ लाख रुपैयाँ अनुदान सहायताबाट सामुदायिक औषधि पसल सञ्चालनमा अाउन लागेकाे हाे।  वडा नं. ३ का अध्यक्ष जलेशकुमार केसीले  सामुदायिक फार्मेसी सञ्चालनले स्वास्थ्य क्षेत्रमा नमुना काम हुने बताए।

सामुदायिक औषधी पसलमा स्वास्थ्य संस्थाले निःशुल्क उपलब्ध गराउने बाहेकका औषधीहरु शुल्क लिएर बिक्रिबाट आउने आम्दानी स्वास्थ्य संस्थामा साझा औषधी पसललाई निरन्तरता दिन प्रयोग हुनेछ ।

रोल्पा जिल्लामा रहेका स्वास्थ्यचौकीमा साझा औषधी पसल सञ्चालनमा ल्याउने जिनाबाङ स्वास्थ्य संस्था पहिलो भएकाे स्थानीय जनप्रतिनिधि बताउँछन् ।
स्वास्थ्य क्षेत्रमा  गंगादेव गाउँपालिकाले गरेको यो लोकप्रिय निर्णयकाे सर्वसाधारणले पनि स्वागत गरेका छन्।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने