काठमाडौं- थापथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल र राष्ट्रिय वायिाज्य बैंकबीच सहकार्य हुने भएको छ। अस्पताल र बैंकबीच सहमति पत्रमा हस्ताक्षर भएको छ।
समझदारी पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र हस्पिटलका तर्फबाट कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले हस्ताक्षर गरेका थिए ।
सहमति अनुसार अस्पतालले बैंकका कर्मचारी तथा ग्राहक र तीनिहरुका परिवारलाई विशेष छुट दिने छ। बैंकको डेबिट कार्ड भएकाहरुले नर्भिकको २५ प्रतिशत छुट सहितको विशेष स्वास्थ्य परीक्षण प्याकेजहरुमा थप ५ प्रतिशत छुट प्राप्त गर्नेछन् भने प्याथोलोजी, एमआरआई. र सीटी स्क्यानसहित अन्य रेडियोलोजी सेवा, म्यामोग्राम, नन–इन्भेसिभ कार्डियाक प्रोसिजर्स्, शल्यक्रिया शुल्क, आदिमा १० प्रतिशत छुट हुनुका साथै शैया शुल्कमा ५ प्रतिशत छुट हुने अस्पतालले जनाएको छ।