काठमाडौँ – मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रन्सप्लान्ट सेन्टर, महाराजगञ्जमा गर्भवती महिलाको मुटुको नली फुटेको सफल शल्यक्रिया गरिएको छ। निकै जटिल मध्य पर्ने उक्त शल्यक्रिया भदौ ८ गते भएको हो।
रामेछाप घर भएकी २४ वर्षीय ३७ हप्ते गर्भवती प्रमिला अर्यालको शल्यक्रिया डा अनिल भट्टराईको नेतृत्वको टोलीले ७ घण्टा लगाएर भएको हो । उच्च रक्तचापका कारण उनको मुटुको नली फुटेको डा भट्टराईले बताए । उनले भने, ‘यस्तो अवस्थामा तुरुन्तै एक घण्टा भित्रै शल्यक्रिया नगरेमा आमा र बच्चाको मृत्यु हुन सक्ने डा भट्टराईले बताए । उनले भने, ‘गर्ववती अवस्थामा मुटुको मुल नली फुट्नु एकदमै दुर्लभ मानिन्छ यस्तो अवस्थामा तुरुन्तै अप्रेसन नगरे आमा र बच्चा दुवैको ज्यान जान सक्छ।’
यस्तो शल्यक्रिया गर्दा ठूलो टिम चाहिन्छ । सर्जरीको टिममा डा अनिल भटराई, डा प्रभात खकुराल, डा रवि बराल, डा निकेश भण्डारी, एनेस्थेसिययाको टिममा डा विश्वास प्रधान, डा विभुस श्रेष्ठ, डा मणिन्द्र्र बस्नेत, डा प्रिस्का बास्तोला, डा अर्जुन गुरुङ्ग थिए । यसैगर गाइनोक्लोजिस्टहरुमा डा ज्योति शर्मा, डा बेर्खा लक्ष्मी मानन्धर, डा सुनिती रावल, डा सुनिता बज्राचार्य डा सुभना मास्के थिए । बालरोग विशेषज्ञ डा प्रदिप पौडेल र डा कविता मानन्धर थिए । यसैगरी महेन्द्र भट्ट, पुर्ण मोक्तान, रविन्द्र शाहले प्राविधिक र जया शर्मा, अर्चना गुरुङ सरिता त्रिपाठी, लक्ष्मी योन्जन, रुची शाह र रविना मानन्धरले 4 सहयोग गरेका थिए ।
कार्यकारी निर्देशक डा उत्तमकृष्ण श्रेष्ठले उक्त अस्पतालमा पहिलो भएपनि सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएकोमा खुशी प्रकट गरे । उनले भने ‘अब यस्ता खालका समस्यामा बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने छैन।’
मुटुको नली फुट्नुका मुख्य कारण
गर्भावस्थामा मुटुको नली फुट्नुका कारणमध्ये बच्चा पेटमा आइसकेपछि उच्च रक्तचाप भएको थाहा नपाउनु हो । यसबोहक कनेक्टिभ टिस्यु डिसअर्डर भन्ने समस्याले गर्दा पनि मुटुको नली फुट्न सक्ने डा भट्टराई बताउँछन्।
मुटुका नलि दुई तरिकाले फुट्ने गर्छन् । एक मुटुको नली निस्किन बित्तिकै मुटुनिरनै फुट्ने धेरै खतरा हुन्छ । यस्तो अवस्थामा नली फुटेको थाहा पाउनेबित्तिकै शल्यक्रिया गर्नुपर्ने डा भट्टराईले जानकारी दिए। उनले भने, ‘नली फुटेको एक घण्टाभित्र शल्यक्रिया नगरेमा बिरामीको मृत्यु हुन सक्छ।’ अर्को भनेको मुटुको नली मुटुभन्दा टाढा गएर फुट्ने वा च्यातिने हुन्छ । यसो हुँदा पनि रक्तश्राव नभएको भए तुरुन्तै शल्यक्रिया गर्नु नपर्ने उनले बताए।