फिचर

'कामेको हातले चिर्न सकिँदैन, उपचारलाई अपराध भन्न पाइँदैन' (फोटो फिचर)

देशभर विरोध प्रदर्शन

 निमेष जं‌ग रार्इ

काठमाडौं– डाक्टर तथा स्वास्थ्यकर्मीहरुले आज देशभर प्रदर्शन गरेका छन्। काठमाडौंमा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन भएको छ भने उपत्यका बाहिर जिल्ला प्रशासन कार्यालय अगाडि।

मुलुकी अपराध (संहिता)मा चिकित्सक तथा स्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै चिकित्सक सहित स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन्।

बिहान १० बजेदेखि प्लेकार्ड तथा ब्यानरसहित विरोधमा उत्रिएका चिकित्सक तथा स्वास्थ्यकर्मी सम्मिलित र्‍यालीमा ‘कामेको हातले चिर्न सकिँदैन, उपचारलाई अपराध भन्न पाइँदैन’ भन्ने नारा चर्को रुपमा लगाइएको छ। उक्त नारा काठमाडौंसहित बाहिरका प्रदर्शनमा पनि लगाइएको छ।

ऐनमा रहेको व्यवस्था खारेजीको माग गर्दै आजै चिकित्सक संघले ५ हजारभन्दा बढी चिकित्सकहरुको लाइसेन्स सरकारलाई बुझाएको छ। 

नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिक बाहेकको सेवा समेत ठप्प पारिएको छ।

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने