नर्सिङ

दबाब र त्रासमा रहेर कसरी उपचार गर्न सकिन्छ?

 रश्मिला थपलिया, नर्स

व्यक्तिले उपचार गर्न पाउनु उसको नैसर्गिक अधिकार हो भने विना स्वार्थ  सेवा दिनु स्वास्थकर्र्मीकोे दायित्व हो। स्वाथ्यकर्मीले निःस्वार्थ सेवा दिइरहँदा पनि उनीहरूलाई विभिन्न बहानामा ज्यान मार्ने धम्की , कुटपिट, कालोमोसो दल्ने तथा अस्पताल तोडफोड जस्ता घटना भइरहेका छन्न्। यस्ता घटनाको सधैँ सामना गरिरहेका हामी स्वास्थ्यकर्मीलाई फेरि अर्को अग्निपरिक्षा दिनु पर्ने बेला आएको छ। सरकारले नयाँ कानुन बनाएर स्वास्थ्यकर्मीलाई काम गर्ने हौसला दिनुको सट्टा मनोबल गिराउने काम गरेजस्तो लाग्छ। 

डाक्टर÷नर्स भगवान होइनन्, अस्पताल जाने वित्तिकै वा डाक्टरले छुने वित्तिकै रोग निको हुन्छ भन्ने छैन। चिकित्सकहरूको मुख्य उदेश्य भनेको सबै बिरामीलाई चाँडो भन्दा चाँडो निको बनाएर घर पठाउनु हो। 

यसो भन्दैमा सबैलाई निको बनाउन सकिन्छ भन्ने छैन।कपियत बिरामीलाई चिकित्सकले हरपल कोसिस गर्दा पनि बचाउन सकिन्न। कोसिस गर्दैगर्दै बिरामीको मृत्यु हुन्छ भने डाक्टरको लापरबाही कसरी मान्न सकिन्छ? स्वास्थ्यकर्मीहरुले मात्र जोखिम लिनुपर्छ भन्ने कुरा गलत हो। उपचारमा हुने जोखिमलाई बिरामी र उसका आफन्तले पनि स्वीकार्न सक्नुपर्छ। 

बिरामी अस्पताल जाने वित्तिकै रोग पत्ता लागिहाल्छ भन्ने हुँदैन। जसका लागि विविध परीक्षण गर्नुपर्ने हुन्छ। रोग पत्ता नलागुन्जेल यो होला कि भन्ने अनुमान गरेर पनि औषधि चलाउनु पर्ने हुन्छ। नेपालको स्वास्थ्य क्षेत्रमा प्रशस्त उपकरण छैनन्। जसले गर्दा कतपिय बिरामीको रोग पत्ता लगाउन निकै गाह्रो छ। दिन रात  बिरामिकै सेवा गरेर हिँड्ने स्वास्थ्यकर्मीहरू हरपल दबाब र त्रासमा रहेर कसरी उपचार गर्न सक्छन्? 

यसरी उपचार गर्दा बिरामीलाई नै नोक्सान हुन जान्छ। अस्पताल जस्तो संवेदनशील ठाउँमा चिकित्सकलाई काम गर्ने वातावरण नै राम्रो भएन भने कसरी उपचार सफल हुन्छ? झन् इमर्जेन्सी ,आइसियू ,अप्रेसन कक्षमा कस्ता प्रभाव पर्छन्? यस्तो हो भने गम्भीर प्रकृतिका रोगीलाई कसले उपचार गर्ने?

हुन त चिकित्सकले गल्ती नै गर्दैनन् भन्ने होइन। गल्ती सबैबाट हुन्छ र गल्ती गर्नेलाई कारबाही पनि हुनुपर्छ। अस्पतालमा त नक्कली डाक्टरपनि भेटिएका छन्। उनीहरूको लापरबाहीको कति बिरामीले ज्यान समेत गुमाएका छन्। तर, सही नियत भएका डाक्टरले कहिल्यै पनि बिरामीमाथि अपराध गर्न सक्दैनन्। 

औषधिको प्रयोग विना बिरामी निको हुन सक्दैनन्। तर प्रयोग गर्ने वित्तिकै तत्काल विरामी निको हुने होइन। हामी तत्कालको परिणाम चाहन्छौँ। यस्ता कतिपय केसहरूले जटिल अवस्था निम्त्याउन सक्छन्।

भोलि गम्भीर प्रकितिका रोग भएका बिरामीलाई उपचार गर्दैनौँ ,जोखिम लिदैनौँ भनेर चिकित्सकले उपचार गर्न मानेनन् भने यसको सजाय चाहिँ कति वर्ष जेल सजायउ हुन्छ ? सरकारलाई यो मेरो प्रश्न। मान्छेको शरीर कुनै मेसिन होइन, जबकी एउटा भाग बिग्रियो निकालेर फाल्यो र नयाँ अंश राख्यो। तर यो गम्भीर कुरा हो।  विरामीलाई निको पार्नु जटिल कुरा हो। मान्छेको शरीरमा एउटा अंगले काम गर्न छाडेपछि अन्य भागले पनि काम गर्न छाड्छन्। एउटा समस्याले गर्दा अर्को समस्या निम्तिन सक्छ।

कुनै विरामी अन्तिम अवस्थामा पुगेपछि मात्र अस्पताल ल्याइएको हुन्छ र उपचार गर्दागर्दै उसको मृत्यु हुन्छ। यी अवस्थामा सम्पुर्ण दोष भने चिकित्सकलाई हुन्छ। ‘ सामानय ज्वरो आएर गएको मान्छे डाक्टरको् लापरबाहीले म¥यो,’ भन्दै आन्दोलनहरू चर्काउने, दबाब दिनेजस्ता काम हुन्छन्। यस्तो घटनाले डाक्टर अस्पताल हैन अदालत र कारागार धाउनुपर्ने हुन्छ। यस्तो अवस्थामा चिकित्सकको पक्षमा कस्ले बोलिदिने? यसरी बन्दुक टाउकोमा तेर्साएर कसरी काम गर्न सकिन्छ रुयस्तै हो भने भोली डाक्टरलाई बिरामी देखाउन अस्पताल होइन जेल जानु पर्ने अवस्था आउन सक्छ। 

(नर्स थपलिया स्टार अस्पतालमा कार्यरत छिन्)
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने