विचार/ब्लग

तीजमा उपवासको महत्व

 अच्युतशाली घिमिरे

हाम्रो देश नेपालमा विगत लामो समयदेखि उपवासलाई धेरै महत्व दिने गरिएको छ। भगवानका निमित्त आफ्नो मनोकामना पूरा गर्ने हेतुले तथा अध्यात्मिक एवं धार्मिक साधनाका रुपमा प्राचिन समयदेखि नै उपवासको महत्व छ। विशेष गरि पौराणिक ग्रन्थहरुलाई आधार मान्ने हो भने हिन्दू नारीले तीजमा शिव जस्तै योग्य श्रीमान् पाउने अभिलाषा राखेर उपवास बस्ने प्रचलन छ। तर उपवास श्रद्धा र भक्तिभावका लागि मात्र नभएर स्वास्थ्यका लागि समेत लाभदायक रहन्छ । 

संस्कृतमा ' व्रत 'भन्नाले 'भक्ति वा संकल्प' बुझाउछ भने 'उपवास' भन्नाले 'भगवानको नजिक' बुझाउँछ।

अवधि
सामान्यतया उपवासको अवधि मानिसको उमेर, रोगको अवस्था, सेवन गर्ने औषधिको प्रकारमा भर पर्दछ। विद्वानहरुको सर सल्लाहमा २-३दिन र क्रमशः बढाउदै लैजानु फाइदाजनक रहन्छ।

तरिका
उपवास गर्दा पानी,फलफूलको जुस,लकाचो सब्जीको जुस, कागतिको जुस आदि सेवन गर्न सकिन्छ। पेटमा ग्यास वा दूषित पदार्थ नरहोस् भन्नाका लागि 'इनिमा' गरेर पेट सफा गरेपश्चात मात्र उपवास सुरु गर्नुपर्दछ। ६-८ गिलास पानी दैनिक सेवन गर्नुपर्दछ। थिग्रिएको विषाक्त र दूषित पदार्थहरु निकाल्नुपर्ने भएकाले धेरै शक्ति खर्चिन पर्ने हुन सक्छ। त्यसैले शारीरिक आराम र मानसिक विश्राम आवश्यक पर्छ। उपवास तोड्ने क्रममा एकै चोटी धेरै खाने गर्नु हुँदैन, विस्तारै धेरैचोटी चबाएर मात्र सामान्य भोजनमा फर्किनुपर्दछ।

फाइदा
उपवासका कारण प्रतिरोधात्मक क्षमता बढेर जान्छ।  साथै न्यूराल्जिया, कोलाइटिस, थकान, कब्ज, कोलाइटिस, सिरोदर्द हुने सम्भावना समेत घटेर जान्छ। प्राकृतिक रुपमै हामीभित्र रहेको एक्स्ट्रा फ्याटमा कमी ल्याएर उपवासले हाम्रो शरीरको तौल सन्तुलन गर्न मद्दत पुर्‍याउँछ। उपवास ले 'ब्रेन ड्रेभाइभ्ड न्युट्रोफिस फ्याक्टर' नामक प्रोटिनको वृद्धि गराएर ,ब्रेनको कार्यक्षमता पावर  बढाउँछ। र पार्किसन्स डिजिज हुने सम्भावना समेत  घटाउँछ। पाचन क्रियामा प्रत्यक्ष भूमिका खेल्ने ग्याँस्ट्रोइन्टेसटिनल सिस्टमलाई अवधि भर विश्राम दिएर, पाचन शक्तिलाई मजबूत बनाउँछ। उपवासले मनलाई शान्त, उल्लासमय र स्फूर्तिवन बनाएर मानिसको आत्मशक्तिमा वृद्धि गराई तनाव घटाउँछ। उपवासले स्मरणशक्तिमा वृद्धि गराई अल्जाइमर रोगबाट समेत बचाउँछ।

आयुर्वेद चिकित्सा पद्धतिमा समेत उल्लेख्य वर्णन गरिएको उपवासलाई कुनै चाडपर्वसँग मात्र नजोडेर दैनिक जीवनमा समेत लागू गर्न सके स्वास्थ्यका लागि हितकार हुने देखिन्छ।

ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एन्ड सर्जरीमा इन्टर्न गरिरहेका छन्।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने